मुखिया टोलमा हरेक घर अगाडि फलफूलको बोट,पूर्ण खुदिमुतर्फ उन्मुख
Advertise Here Book Now


नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ८ कात्तिक । सिरहाको भगवानपुर २ मुखिया टोल पूर्ण खुला दिशामुक्ततर्फ उन्मुख भइरहेका छन् । योसँगै मुखिया टोलवासीमा आफ्ना घर अगाडि वातावरण दृष्टिकोण वृक्षारोपण गरेका छन् । स्वच्छ हावा र वातावरणीय सरसफाइमा जोड दिँदै प्रत्येक घरधुरीमा चर्पी निर्माणसहित आफ्ना घर अगाडि विभिन्न जातका फलफूलको गाछ रोपेका छन् ।
टोल निगरानी समितिका सँयोजक धनिकलाल मुखियाले ‘यहाँका अधिकाँश मानिस वैदेशिक रोजगारमा रहेकोले विदेशको वातारण देखेर आफ्नो गाउँटोलमा सोही अनुरुप अघि बढेको छ ।’ ‘विगत लामो समयदेखि बाहिर दिशा गर्ने एक जना पनि छैन ।’ ‘वातावरणको दृष्टिकोणले पहिलेदेखि हरेक घरधुरीले घर अगाडि फूल रोपेका छन् । मुखिया टोलका अधिकाँश महिला पुरुष उच्च शिक्षा हासिल गरिरहेका छन् । उनीहरु छोरीलाई शिक्षातर्फ उन्मुख गर्न गराउँन प्रोत्साहन गर्दै आएका छन् । ३२ घरधुरी रहेको मुखिया टोलमा बालविवाहप्रति सचेत छन् । रंजिता मुखियाले ‘स्वच्छ वातावरणका साथै देउतालाई फूल चढाउँन हामीलाई अन्य ठाउँमा खोज्नु पर्दैन ।’‘पूर्ण खुला दिशामुक्त क्षेत्र घोषणा गर्न हामी कसरतमा छौ ’ उनले बताइन् ।
पूर्ण खुला दिशामुक्ततर्फ उन्मुख गर्न चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाई, वातावरणीय सरसफाईका साथै जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने बानीको विकास र व्यवहार परिवर्तनमा परिनत रहेको छ । सन् २०२२ सम्म सिरहालाई पूर्ण खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको छ । सोही अनुरुप मुखिया टोल कात्तिक १० गते खुला दिशामुक्त उन्मुख बस्ती घोषणा गर्ने भएको छ । सिरहा २०७४ चैत्र ९ गते खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ । 

पूर्ण खुला दिशामुक्त क्षेत्र घोषणा गर्न सन् २०३० सम्म नेपाल सरकारले लक्ष्य लिएको छ । एसएनभि नेपालको सहयोगमा रेडक्रस सोसाइटी सिरहाले त्यस गाउँपालिकामा सरसफाई अभियान चलाउँदै आएको छ । सो अभियान अन्तरगत भगवानपुर गाउँपालिका खुला दिशामुक्त क्षेत्र घोषणा भइसकेकोले पूर्ण खुला दिशामुक्त क्षेत्र घोषणा गर्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । पूर्ण खुला दिशामुक्त उन्मुख घोषणा गर्नको लागि आज डिवाससीसी सिरहाका टिम मुखिया टोल पुगेका थिए । सो टिममा जिल्ला समन्वय समितिका उपप्रमुख सरोज यादव, रेडक्रसका सभापति राजदेव यादव, रेडक्रसका राजदेव ठाकुर, खानेपानी डिभिजन कार्यालयका भैयालाल, अभियानकर्ता अशोक यादव, प्रकाश महतो, नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य देवकुमार यादव र नेपाल पत्रकार महासँघ सिरहाका सभापति दिनेश्वर गुप्ताले अभियान प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्