लहान उद्योग वाणिज्य संघमा अमात्य प्यानलसहित विजय
Advertise Here Book Now

नवंग्राम दैनिक । रेडियो सौगात लहान, २२ असोज । जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको निर्वाचनले अशोक अमात्यको प्यानल सहित विजयको नजिक पुगेको छ । असोज २१ गते भएको संघको निर्वाचनमा १७३१ जनाले मतदान गरेका छन् । मतदाता संख्या २२८७ रहेपनि ५५६ जनाले मत वहिष्कार गरिएको जानकारीमा आएको छ । यो मत वहिष्कार नभएर कतिको नाम दूई ठाउँमा राखिएकोले एउटामा मात्र मतदान गरिएकोले अर्को त्यतिकै रद्द भएको छ । यस मध्ये ४० प्रतिशतले मतदान वहिष्कार गरिएको छ ।
निर्वाचन अधिकृत परसुराम निरौलाका अनुसार राती अबेरसम्म मतगणाको परिणाम १७३१ मा १४४५ मतगणा हुंदा अध्यक्ष पदमा २५३ मतले अन्तर रहेको बताएका छन् । जहां २८६ मतगणा गर्न मात्र बांकी रहेको छ । हालसम्म १० मत बदर भएको छ । मतगणा परिणाम अनुसार अशोक अमात्यले ८४९ र प्रतिस्पर्धी निरश चौधरीले ५९६ मत प्राप्त गरेका छन् । अशोक अमात्यले २५३ मतले अगाडि रहेको छ भने २८६ मतगणा गर्न मात्र बांकी रहेकोले अध्यक्ष पदमा अशोक अमात्य विजय हुने निश्चित भएको जानकारीमा आएको छ । यसैगरी, प्रथम उपाध्यक्षमा दिपक नायक ८० मतले अगाडि रहेको छ । दृतिय उपाध्यक्षमा प्रमेश्वर साह १८७ मतले अगाडि रहेको छ । महासचिवमा अब्दुल करिम १८८ मतले अगाडि, कोषाध्यक्षमा विकास शारडा ३०० मत, सरोज कुमार महतो १६६ मतले अगाडि रहेको छ । सदस्यहरुमा नागेश्वर चौधरी ३८६, रामभजन पंजियार ३१४, प्रदीप कुमार गुप्ता ३१६, रामउदगार महतो २९८, चन्देश्वर यादव ३१३, रंजितकुमार चिरानियाँ २३८, रवीन्द्रकुमार चौधरी ३०९, रितादेवी यादव ३०० र सुशिलाकुमारी महतो २९० मतले अगाडि रहेको छ । अब २८६ मतगणा गर्न मात्र बांकी रहेकोले अशोक अमात्यको प्यानल नै विजय हुने निश्चित रहेको मतगणामा रहेका सहकर्मी रवीन्द्र श्रेष्ठ जानकारी दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्