रौतहटबाट रात्री बसमा यसरी छिर्छन भन्सार छलीका समानहरु राजधानी ।
Advertise Here Book Now


अमित ठाकुर।रौतहट।असोज १७ गते । रौतहट जिल्लामा अहिलेसम्म ठुलो तस्करी नियन्त्रण नभई झन बढेको हो। रौतहटको राजपुर,अौरैया,मौलापुर रुठमा चल्ने रात्री बसमा लाखौं मूल्य बराबरको भन्सार छलीका समान  धारा,हार्वेयर,कपडाहरु बसको चोर डिक्कीमा लुकाई प्रहरीकै संरक्षणमा राजधानी छिर्ने गरेका छन। तस्करहरुले भारतको विभिन्न ठाउँबाट लाखौं मूल्य बराबरको समानहरु खरिद गरि रौतहटको क्षेत्र नंबर २ मा पर्ने अौरैया,बन्जरहा नाकाबाट तस्करहरुले चोरीपैठारी गरि राजपुर सम्म ल्याउने गर्दछन।सो ठाउँमा रहेको प्रहरी चौकीको २ सय मिटरको दुरीमा भन्सार छलीका समानहरु राखी सो रुठबाट राजधानी जाने रात्री बसको चोर डिक्कीमा लुकाई छुपाई काठमाडौं पुर्याउने गरेका छन।तस्करहरुले भारतमा खरिद गरेको धारा,हार्डवेयर,कपडाहरु रौतहटको बोर्डर एरियामा पर्ने रुठमा पर्ने प्रहरी चौकीकै संरक्षणमा भई रहेको नाम न खोल्ने उदेश्यले एक जना स्थानीयले जनाएको हो।यस्तै हिजो चपुर प्रहरीले सुराकीको अधारमा हिजो राति सुहाना रात्री बसको चोर डिक्कीमा लुकाई छुपाई काठमाडौं लगिरहेको अवस्थामा चपुर प्रहरीले सो भन्सार छलीका समानहरु बरामद गरेका छन।पक्राउ परेपछि बास्तवमा रौतहटबाट चल्ने रात्री बसमा भन्सार छलीका समानहरु राजधानी पुगि रहेको प्रमाणित भएको हो। तर सो बसमा भन्सार छलीका समानहरु लोड हुदा सो ठाउँको प्रहरी किन चुप बसेका स्थानीयहरु प्रशन उठाउन थालेका छन।यस बिषयमा जानकारी लिन प्रहरी उपरीक्षक केदार ढकाललाई फोन गर्दा फोन रिसिभ नभएपछि उनको प्रतिकृया समावेश गरेन।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्