कल्याणपुरमाको चिकनामा क्रीकेट प्रतियोगिता सम्पन्न
Advertise Here Book Now

नरेशचन्द्र बरवरिया,सिरहा २२ गते ।सिरहामा क्रीकेट प्रतियोगिता बुधबार एक कार्यक्रम बिच सम्पन्न भएको छ ।कल्याणपुर नगरपालिकाको वडा न.५ चिकनामा कमला क्रीकेट कल्ब द्वारा आयोजनामा भएको क्रीकेट प्रतियोगिता कार्तिक ६ गते देखि शुरु भएको थियो भने २१ गते सम्म खेल भएको आयोजकले जनाएको थियो  । वडा न.५ का वडा अध्यक्ष दिपेन्द्र बरबरिया यादबको प्रमुख आतिथ्यमा एवम अतिथि वडा न.६ का वडा अध्यक्ष मोतिबुल राइन,मोहित यादव लगायत दर्शकहरुको उपस्थितिमा भएको कार्यक्रममा प्रथम पुरस्कार सिरहा क्रीकेट टिमलाई नगद पचिस हजार सहित कप प्रदान गरेको थियो भने दोश्रो  जमुवा क्रीकेट क्यब बिष्णुपुरलाई दोश्रो पुरस्कार वडा अध्यक्ष दिपेन्द्र बरबरियाले प्रदान गरेको थियो ।यस अघि पनि कार्यक्रमको उदघाटन बरबरियाले नै गरेको थियो भने आगामी दिनमा पनि यस्तो प्रतियोगिता आयोजना गर्ने आयोजकले जनाए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्