निर्णयको तीन दिन नबित्दै शहिदनगरमा ३०० लि अबैध घरेलु मदिरा नष्ट
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया,धनुषा मंसिर १४ गते ।शहिदनगर नगरपालिकामा अबैध घरेलु मदिरा नष्ट गरेको छ ।धरेलु हिंसा लगायत विविध अपराधको जड मदिरा रहेकोले ईलाका प्रहरी कार्यालय यदुकूहाले यस विरुद्धको कारबाहीमा तिब्रता दिएको  छ  ।             
नगर विकास र काम कारवाहीले निरन्तर चर्चामा रहेका मुलुककै कान्छो मेयर उदय कुमार बरबरियाले नगरलाई मदिरामुक्त नगर बनाउन कडा कदम चालेका हुन् ।    नगरपालिकामा बसेको सर्वपक्षिय बैठकबाट नगरभित्र अवैद्यानिक रुपले संचालित रक्सी पसल बन्द गर्नुका साथै विक्रि वितरणमा समेत पूर्णत रोक लगाउन सरोकारबालाहरुसँग सहमति गरेका छन् । रक्सीका कराण विभिन्न समयमा घटनाहरु दोहरिएको भन्दै मेयर बरबरियाले कदम चालेको हो । निर्णयको तेस्रो दिनमै सहिदनगर नगरपालिकाको विभिन्न वडाहरु बाट बरामद भएको ३०० लिटर घरेलु मदिरा नष्ट गरेको छ ।उक्त मदिरा वडा.न-३ का वडा अध्यक्ष नागेन्द्र प्रसाद मण्डल,ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक भिम बहादुर खड्का,हलखोरी कापर लगायत विभिन्न व्यक्तिहरुको उपस्थितिमा मदिरा नष्ट गरेको हो ।घर घरमा मदिराको उत्पादन ,लागू पदार्थ जस्ता गतिविधिलाई पुर्ण रुपमा रोक लगाउनुको साथ साथै यस अभियानलाई निरन्तर रुपमा तिब्रताका साथ लाग्ने प्रहरी उपरीक्षक खड्काले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्