गोलबजार उद्योग वाणिज्य सँघमा भरतको उम्मेदवारी ?
Advertise Here Book Now

नवसंग्राम दैनिक गोलबजार, १३ मंसिर । सिरहाको गोलबजारमा व्यापारीको निर्वाचनको माहौल तातिएको छ । व्यापारीहरुको विशुद्ध संस्थाको रुपमा रहेको गोलबजार उद्योग वाणिज्य सँघमा कम्युनिष्ट र काँग्रेसले राजनीतिक चलखेल गरिरहेको अवस्थामा उद्योगी व्यापारी प्रेमी भरत अग्रवालले स्वतन्त्र उम्मेवारी दिने तयारीमा लागेका छन् ।
अध्यक्ष पदको लागि उम्मेदवारी दिने तयारीमा रहेका भरत अग्रवालले ‘मेरो उम्मेदवारी व्यापारीको हकहीतको लागि हो ।’ ‘यहांका अधिकाँश व्यापारी स्वतन्त्र रुपमा व्यापार गरिरहेका छन् ।’ ‘राजनीतिक रँग दिएर व्यापार सम्भव नरहेकोले उनीहरुको हकहीतको लागि मेरो उम्मेदवारी हो ।’ गोलबजारमा उद्योग वाणिज्य सँघमा २ हजार ४५ सदस्यले चिर्वाचनमा सहभागि हुने तयारी रहेको छ । उनले भने ‘मेरो पक्षका व्यापारीलाई निरुत्साहित गर्नका लागि केहि ब्यक्तिले हल्ला फैलाएको छ । यस्ता मिथ्या भ्रममा नपर्न आग्रह छ । म सबैलाई आग्रह गर्न चाहन्छु भरत अग्रवालको उम्मेदवारी कुनै पनि हालतमा हट्दैन । म कसैसंग कुनै सम्झौता गरेका छैन ।’ किनकी ‘यहाँका व्यापारीले मलाई उद्योग वाणिज्यको अध्यक्षको उम्मेदवारी तय गरिसकेका छन् । म व्यापारीको विरोधमा जान नसकिने प्रतिबद्धता गर्न चाहन्छु ।’

अग्रवालले स्वतन्त्रबाट अध्यक्ष पदका लागि उम्मेदबारी दिने निश्चित भएको उनका निकटका व्यापारीहरुले समेत बताएका छन् । गोलबजारको चुनावमा अहिले दुईपक्षले मैदानमा आउने तयारीमा लागेका छन् । गोलबजार उद्योग वाणिज्य सँघले चुनावका लागि उम्मेदबारी दर्ता मंसिर १६ गते र मतदान २१ गते गर्ने कार्यकातालिका तयार गरेको छ । उम्मेदवारी अगावै गोलबजारमा चुनावी माहौल तातिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्