मन्दिर बनाउँन सँघर्ष समिति आन्दोलित
Advertise Here Book Now

रिँकु दास लहान, २७ कात्तिक । लहान २० स्थित रहेको हनुमान मन्दिर भत्काउँदा स्थानीयहरु आक्रोशित भएका छन् । मन्दिर पूनः निर्माण तथा क्षतिपूर्तीको माग गर्दै सुशिलचन्द अधिकारीको सँयोजकत्वमा सँघर्ष समिति बनाएर उनीहरु आन्दोलन उत्रिएका छन् । मन्दिर बाटोमा निर्माण भएको भन्दै कात्तिक ११ गते वडाध्यक्ष गणेश चौधरीको नेतृत्वमा हनुमान मन्दिर भत्काएका थिए । लहान नगरपालिका र सँघर्ष समितिको सहमतिमा कात्तिक २५ गतेभित्र यसको विकल्प खोज्ने सहमति भएको थियो । तर, लहान नगरपालिका वडा कार्यालयले सहमति भँग गरेको भन्दै आज पत्रकार सम्मेलन गरि आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको छ । सँघर्ष समितिले कात्तिक २६ गते पत्रकार सम्मेलन गरेको छ भने कात्तिक ३० गते शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ । मंसिर २ गते वडा नम्बर २० को कार्यालयमा तालाबन्दी गर्ने सँघर्षको कार्यक्रम घोषणा गरेको छ । कात्तिक ३ गते विहान पहिलो दिन ३ घण्टा र समय थप्दै जाने र त्यसपछि आमरण अनसन बस्ने जारी विज्ञप्तीमा उल्लेख गरेको छ । उता, एक स्रोतका अनुसार लहान वडा नम्बर २० ले सार्वजनिक मन्दिर निर्माण गर्न तयारी गरिरहेको जानकारी प्राप्त भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्