विशेष सुराकिको को आधारमा छापा हान्दा सर्राफको घरबाट अबैध नगद रकम सहित २ जना पक्राउ
Advertise Here Book Now


कार्तिक १७ । जिल्ला पर्सा वीरगंज महानगर पालिका वडा नं. १०, आदर्शनगर स्थित पवन कुमार सर्राफको घरमा अबैध रुपमा बित्तिय कारोबार हुण्डी संचालन भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा खटि गएको प्रहरी टोलीले पवन कुमार सर्राफको घरमा छापा हान्दा सर्राफको छोरा बर्ष ३२ को ज्ञानेन्द्र कुमार सर्राफ र जिल्ला पर्सा, धोबिनी गाउपालिका ५ बस्ने रैफुल आलमको छोरा वर्ष ३० को ईमत्याज आलमलाई सोही घरमा फेला पारी कानुन बमोजिम घरकोठाको खानतलासी गर्दा कोठाको दराजको घर्रा खोलि हेर्दा सो घर्राबाट नेपाली रुपैया एक हजारक दरको नोट छ सय छयासी थानमा रु.६,८६,०००/- (छ लाख छयासी हजार नेपाली रु. ५००/- दरको नोट १७३१ थानमा रु. ८,६५,०००/- (आठ लाख पैसठ्ठी हजार) गरी बरामद भएको नगद जम्मा रु. १५,५१,०००/- (पन्ध्र लाख एकाउन्न हजार ), नगद जम्मा गरेको तथा खाली सादा भौचर थान ५, विभिन्न बैंकहरुको सादा चेकबुकहरु तथा नगद जम्मा गरेको भौचरहरु सहित निजहरु ज्ञानेन्द्र कुमार सार्राफ र ईमत्याज आलमलाई पक्राउ गरी आवश्यक कारवाहीको राजश्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाईएको ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्