दलित बस्तीको हनुमान मन्दिर वडाध्यक्ष चौधरीको निर्देशनमा भत्काईयो
Advertise Here Book Now


नवसंग्राम दैनिक लहान, १७ कात्तिक । लहान नगरपालिका वडा २० बह्मान गोर्छारी स्थित रहेको दलित वस्तीमा निर्मित हनुमान मन्दिर भत्काइएको छ । मन्दिरभित्र रहेको हनुमानको प्रतिमासमेत लहान नगरपालिकाको जिसिबीले भत्काइएको छ । हिन्दुहरुको आस्था रहेको हनुमान मन्दिर दलित बस्तीमा रवी दासले १५ बर्ष अघि नै शिलान्यास गरेका थिए । यसलाई निरन्तरन्ता दिँदै उनका शिष्य खुशीलाल दासले ६ महिना अगाडि तयारी गरी पुजापाठ् गरिरहेका थिए । कात्तिक ११ गते वडाध्यक्ष गणेश चौधरीको निर्देशनमा साँझ ५ बजेतीर मन्दिरसहित हनुमानको प्रतिमा भत्काइदिएका छन् ।
स्थानीयका अनुसार वडाध्यक्ष चौधरी बौद्ध धर्म मान्दै आएकोले हिन्दुहरुको आस्था रहेको हनुमानसहितको मन्दिर भत्काएको हुनसक्छन् । तर, यसको पुष्ठि भएको छैन । मन्दिर भत्काउँन वडा नम्बर २१ का अध्यक्ष हेमन्त यादव समेत जोरजर्बजस्त गरेका थिए । मन्दिर निर्माता खुशीलाल दासले भने ‘निर्माण गर्नको लागि वडाध्यक्ष गणेशजीसँग चन्दा माग गरेका थिए । उनले एक लाख त दिन मिल्दैन थौरबहुत सहयोग हुन्छ । तपाई मन्दिर बनाउँनुस् । तर, कसको निर्देशनमा वडाध्यक्ष चौधरीले नै आज मन्दिर भत्काईयो ? जहाँ निर्माण विकासको लागि जनप्रतिनिधिहरु सक्रिय हुनुपर्ने । यहाँ त बनेको मन्दिर भत्काएर विकास विरोधीको प्रमाणित गरेको छ वडाध्यक्ष गणेश चौधरी ।
खुशीलाल दासले गाउँ गाउँबाट चन्दा उठाएर करिब ७ लाख बराबरको मन्दिर बनाएको थियो । हिन्दुहरुको अस्थाप्रति ठेस पुर्याउँने काम गरेको भन्दै हिन्दु परिषद्ले चासो देखाएको छ । मन्दिर भत्काउँन लाग्दा स्थानीयहरुले रोकेका थिए । तर, नगर प्रहरी र वडाध्यक्ष चौधरीले बलपूर्वक हनुमानको प्रतिमासहितको मन्दिर भत्काउँदै स्थानीयलाई गालीगलौज गरेका छन् । उता, वडा २० कार्यालयका अनुसार बाटो फराकिलो गर्ने काम रहेकोले मन्दिर भत्काएको हो । मन्दिर सार्वजनिक जग्गामा रहेकोले वडाले आफ्नो अधिनमा व्यवस्थापन गर्न मन्दिर भत्काउँनु परेको दावी गरेका छन् ।

जहाँ मन्दिरसम्म बाटोको कुनै पकड नरहेको र कम्पाउन्ड मात्रै बाटोमा पर्ने स्थिति रहेको छ । मन्दिर भत्काएपछि खुशीलालले न्याय पाउँन जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी दिएका छन् । जिल्ला प्रशासनले लहान नगरपालिकासँग के कति कारण मन्दिर भत्काइएको हो भनी पत्राचार गरेको जानकारीमा आएको छ । मन्दिर निर्माणको लागि नक्शा समेत नबनाएको हो । नगरक्षेत्रमा पक्की निर्माणको लागि नक्शा बनाउँनुपर्ने प्रावधान रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्