‘पत्रकारहरु आफ्नो हक र अधिकारको लागि सचेत हुनुपर्छ’
Advertise Here Book Now


नवसंग्राम दैनिक लहान, १८ कात्तिक । न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासँघ सिरहाको आयोजनामा आज लहानमा श्रमजिवी पत्रकार सम्बन्धि ऐन कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
श्रमजिवी पत्रकार सम्बन्धी ऐन तथा नियमावली पालन गर्ने विषयमा सिरहाका पत्रकारहरुबीच आज विशेष छलफल भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिका युवराज विद्रोहीले श्रमजिबी पत्रकारहरुलाई आफनो हक र अधिकार सम्वन्धबारे सचेत हुन आग्रह गरेको छ ।
सिरहामा ११ वटा रेडियो, पाँच दैनिक पत्रिका, ६ साप्ताहिक पत्रिका र ६ वटा अनलाइन रहेको छ । यसका ३२ जना सहभागीमा लहानमा कात्तिक १७ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साथै रेडियो सौगात र नवसंग्राम दैनिक पत्रिकाको कार्यालयलगायत अनुगमन गरी तत्काल गर्नुपर्ने अल्पकालिन र दीर्घकालिन सुझाबहरु दिएका छन् ।
कार्यक्रममा गोरखापत्रका जिवछ उदासीले श्रमजिवि ऐन मौफसलमा सार्थक र कार्यन्वयनमा समस्या हुने मुख्य कारण विज्ञापनको अभाव रहेको बताएका छन् । उनले सरकारको नीति कसिलो र समबराबरी नभएको कारण यहाँ पत्रिका प्रकाशन गर्न पनि कठिनाई भोग्नुपरेको दावी गरे ।

नेपाल पत्रकार महासँघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ताका सभाध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासँघ सिरहाकी उपाध्यक्ष रिँकु दासले पत्रकारिता क्षेत्रमा महिलालाई ब्रोडसाईजका पत्रपत्रिकाले उपेक्षा गर्दै आएको गुनासो गरिन् । नेपाल पत्रकार महासँघ सिरहाका सचिव रोयान्टर मण्डलले श्रमजिवि ऐन एकद्धार प्रणाली अन्तरगत विज्ञापनको बाँडफाँड गरे मात्रै कार्यन्वयन हुने तर्क राखे । नेपाल पत्रकार महासँघ सिरहाका कोषाध्यक्ष मनोज बनैताले पत्रकारको दर्जा तोकिनुपर्ने जरुरी छ । र, सोही अनुरुप पारिश्रमिकको व्यवस्था गर्नुपर्छ । अहिले पारिश्रमिक तोकिएको छ । तर, सो अनुरुप हामीले पारिश्रमिक नपाउँदा काम गर्न असहज भइरहेको बताए । रेडियोकर्मी फिरोज शेखले लोककल्याणकारी विज्ञापन पत्रपत्रिकाकाले मासिक रुपमा रकम पाउँने गरेको छ । तर, रेडियोको सवालमा सरकारले बार्षिक रुपमा दिने गरेकोले श्रमजिवी ऐन कसरी लागु हुन्छ होला ? यसमा पनि कर्मिशिल रेडियोले लोककल्याणकारी विज्ञापन नपाउँदा जेनतेन मौफसलमा काम भइरहेको छ । म त रेडियो चलाएर नै हातमुख जोर्न सफल रहेको बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्