मिर्चैया : महिला हिंसा विरुद्ध अभियानलाई सफल बनाउन बिद्यार्थीसंग अन्तरक्रिया
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २४ मंसिर । महिला हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानलाई सफल बनाउन मिर्चैयामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अभियानलाई थप प्रभावकारी बनाउन आज (सोमबार) मिर्चैयामा बिद्यार्थीहरुसंग अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ । 
 
“लैगिंक हिंसा र दूव्र्यवहार, : छैन हामीलाई स्वीकार” भन्ने नाराका साथ मिर्चैया नगरपालिका ५ स्थित मोहन माविमा बिद्यार्थीहरुसंग अन्तरिक्रिया गरिएको अन्तरपाटी महिला संजाल सिरहाका अध्यक्ष चन्द्रकला साहले बताए । कोण सभालाई सम्बोधन गर्दै मिर्चैय नगरपालिकाका मेयर श्रबण कुमार यादबले महिला विरुद्ध हुने सबै खाले हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु आवश्यक रहेको बताए । 
 
मेयर यादबको अध्यक्षतामा भएको कार्यक्रममा बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक सुकदेव खनाल, अन्तरपाटी महिला संजाल सिरहाका अध्यक्ष चन्द्रकला साह र कोषाध्यक्ष रेणु शर्मा लगायतका उपस्थित रहेको थियो । 
 

अन्तरपाटी महिला संजाल, मिर्चैया नगरपालिका र ईलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त आयोजना तथा दलित महिला संघ, समुदाय–प्रहरी साझदारी सेल मिर्चैया र क्रियाशिल महिला पत्रकार संजाल सिरहाको सहयोगमा कार्यक्रम सम्पन्न भएको छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्