किन रुदैं थिइन् लहानमा नायिका कसिस ?
Advertise Here Book Now

लहान, २४ मंसिर । मिशन मधेशकी नायिका कसिस दाहाल लहान ९ मा रुदैंथिइन् । उनलाई चारैतीरबाट स्थानीयहरुले धैर्यतामा रहन आवाज दिइरहेका थिए । तर, उनको आँखाको आँशु रोकिरहेको थिएन् । उता, विरेन्द्र यादव, दिनेश पासमान, विष्णुदेव पाल र सोभित पासमान (बौना) सहितको प्रहरी टोलीले दाहालका नायकलाई हतकडी लगाएर बीच गाउँबाट लिएर जादैं थिए । नायक दिनेश्वर गुप्ताले ‘बेइमान जमिन्दारके बेमाइन कुतासव’ सम्बाद गर्दा उनलाई हतकडी लगाएर लैजादा नायिका दाहालकी धैर्यताको बाँध भत्किएको थियो । र, उनी आँखाबाट आँशु झार्दै पछिपछि हिंडदै थिइन् ।
नायक गुप्तालाई आफ्नै साथीलाई जिमेन्दारका गुण्डालाई हत्या गरिएको हुन्छ । तर, नायकलाई उल्टो फसाउँने गरेकोले प्रहरीले हतकडी लगाएर लैजाने क्रममा नायिका दाहाल रुदैं गर्दा स्थानीयले उनलाई धैर्यता रहन आवाज दिइएका हुन्छ । यो दृश्य वास्तविक भन्दा मधेशी भाखाको चलचित्र मिशन मधेशको सुटिंगको हो । मिशन मधेश फिल्म ऐतिहासिक र मधेश आन्दोलनसँग जोडिएको एक द्धन्द्धात्मक चलचित्र हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्