पुरातत्व विभागको सहयोगमा हलेसीमा गुम्बा, कमल सामाजिक कार्यमा सक्रिय
Advertise Here Book Now

अभिलाषा दहाल काठमाण्डौं, ६ पौष । हलेसीमा रहेको मारातिका क्षिमेद गाग्तन छोलिब गुम्बा पूनः निर्माणमा खोटागं क्षेत्र नम्बर १ का नेवि सँघ क्षेत्रीय सभापति कमल गिरीको कुनै आर्थिक लेनदेन नरहेपनि उनले सामाजिक तवरले सहयोग गरेको छ । हलेसी तुवाचुगं नगरपालिका ७ हलेसी बस्ने कमल गिरी भन्छन् —‘गुम्बा पूनः निर्माणमा मेरो सरोकारको विषय होइन् । ’‘म बौद्ध धर्मका नभएकोले निर्माण कार्यमा समेत मेरो समावेश छैन ।’ ‘तर, समाजिक रुपमा धर्मको कार्यप्रति सहयोग गरेको छु ।’ ‘आउँदो दिनमा पनि सहयोग रहिरहन्छ । गुम्बाका प्रमुख डोमा शेर्पाले यो गुम्बा दूई बर्ष अगाडि पूनः निर्माण भएको हो । यसको लागि हामीले पुरातत्व विभागको सहयोगमा गुम्बा पूनः निर्माण गर्ने काम सकिएको हो । यसमा अपुग रकम भएपछि जनश्रमदान गरेर निर्माण गरिएको हो । समाजसेवी कमल गिरी धार्मिक तथा सामाजिक कार्यमा सक्रिय हुँदै आएपछि केही व्यक्तिले उनको छवि धम्ल्याउँन र उनको कारोबारमा नै आक्रमक भएको स्थानीयहरु बताउँछन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्