सिक्रौनमा आगलागी हुँदा दश लाखको क्षति
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०७ पौष । सिरहाको मिर्चैया नगरपालिका बडा नं. १२ सिक्रौनमा आगलागि हुँदा दश लाख मोलबराबरको क्षति भएको छ । स्थानिय कुलेश्बर यादबले लामखुट्टे भगाउन बालेको आगो सल्किएर गएराति आगलागी हुँदा दश लाख मोलबराबरको क्षति भएको छ । आगलागीमा यादबको २ बटा फुसको घर जलेर पुर्ण रुपमा खरानी भएको छ भने एउटा घरमा आंशिक क्षति भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताए । 
 
48398484_401229833752668_3571895859362660352_n
आगलागिमा परी घरमा रहेको अन्नपात, लताकपडा जलेर नष्ट भएको पिडित यादबले बताए । आगलागीमा दुई बटा भैसी र एउटा गोरु जलेर मरेका छन् ।शुक्रबार राति करीब १० बजेमा आगो लागेपछि बारुण यन्त्रलाई खबर गर्दा पनि नआएको स्थानियहरुले आरोप लगाएका छन् । 
49089609_1078894172272770_8008725310969217024_n
यता, नगरपालिकाका मेयर श्रबण कुमार यादबले खबर पाउँने बितिकै बारुण यन्त्र पठाएपनि आधा बाटोमा जाँदै गर्दा आगो नियन्त्रणमा आएको जानकारी पाएपछि फिर्ता भएको बताए । मेयर यादबले पिडित परिवारलाई तत्काल खाना, लताकपडा र त्रिपालको ब्यबस्था गर्ने बताएका छन् । आगलागीले पिडित परिबार घरबार बिहिनको अबस्थमा पुगेको र पशु चौपाया समेत मरेकोले यस बिषयमा बैठक बसेर निर्णय गर्ने समेत उनले बताए । 

48370788_296312647665328_6579799655914143744_n48416902_346127726186550_4455580681820438528_n

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्