गोलबजारमा फेला परेको बम डिस्पोज : स्वतन्त्र तराई निर्माण सेनाको पर्चा भेट्यो (पर्चा सहित)
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०८ पौष । सिरहाको गोलबजारमा फेला परेको कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । गोलबजार नगरपालिका बडा नं. ४ स्थित नेपाल टेलिकमको टावर नजिक आज विहान फेला परेको बम नेपाली सेनाको श्री नयाँ गोरख गणबाट गएको बम स्पिोजल टोलीले डिस्पोज गरेका छन् । गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिणतर्फ बस्ती नजिकै पश्चिम दक्षिण तर्फ फेला परेको बम नेपाली सेनाले डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । 
48391498_2207691695961708_2477302896853516288_n
बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’ को पर्चा भेटिएको छ । पर्चामा औपनिवेशिक शासन विरुद्धको तराई मुक्ति आन्दोलनले पहिलो दशक पूरा गरी दोस्रो दशक पूरा गरेकोले त्यसका लागि हुने संघर्षलाई निरन्तरता दिन सहयोगको अपेक्षा गरिएको उलेख छ ।
49029647_285498785358442_8684441589252096000_n

घटनास्थल भन्दा सय मिटरको दूरीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हालेर आवत–जावत बन्द गरेको थियो । बम डिस्पोजपछि बाटो सुचारु भएको प्रहरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्