टिभिएसको एक्सचेन्ज क्याम्प, एक लाखसम्म नगद उपचार
Advertise Here Book Now

लहान ११ पौष । राज अटो मोबाइल लहान ४ ले टिभिएस मोटरसाईकल एक्सचेन्ज क्याम्पसँगै नगद उपहार कार्यक्रम ल्याएको छ । टिभिएस मोटरसाईकल एक्सचेन्ज क्याम्प पौष ८ देखि २० गतेसम्म चल्ने जगदम्बा मोटर्सका मार्केटिँग आँफिसर विवेक भट्टराईले बताए । एक्सचेन्ज क्याम्पसँगै कम्पनीले स्क्राच कुपन ५ हजारदेखि १ लाखसम्म नगद उपहार कार्यक्रम समेत ल्याएको छ । सो उपहार उचित मूल्याँकन र स्क्राच कुपनबाट जित्ने मौका दिएको छ ।

यो सँगै कम्पनीले हेल्मेट, लेगार्ड, सिट कभरलगायतका पार्टपुर्जा सितैमा उपलब्ध गराउँने कार्यक्रम रहेको छ । लहानक्षेत्रमा यो टिभिएस मोटरसाईकलको माग अधिक रहेको छ भने १८ देखि ४० बर्षका युवाहरुले यो मोटरसाईकल रुचाउँने गरेको छ । ग्राहकको सुविधाको लागि राज अटोमोवाइलले मोटरसाईकल खरिद गर्न तत्कालै फाइनेन्सको सुविधा समेत व्यवस्था गरिएको शो रुम सँचालक राज गुप्ता बताउँछन् । गुप्ताले टिभिएस मोटरसाईकलको माग व्यापक बढेपछि यसका शाखा सुखिपुर र कल्याणपुरमा समेत राखिएको छ । अब टिभिएस मोटरसाईकल सुखिपुर र कल्याणपुर बजारमा समेत खरिद गर्न सकिने उनले बताए । टिभिएसले यत्तिबेला नयाँ मोडेलमा ऐनटर्क १२५ सिसी र अपाची १६० फोर की बजारमा ल्याएको छ भने युवावर्गलाई रुचाउँने यो मोटरसाईकलको विक्री व्यापक रहेको छ । टिभिएस मोटरसाईकलले राम्रो बजार ओगट्न सफल भएको छ भने बिक्री उत्साहपूर्ण रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्