गोलबजार उद्योग व्यापारसंघमा अग्रवाल र साहको प्यानल भिड्दै
Advertise Here Book Now

सिरहा, १६ मंसिर । उद्योग व्यापार संघ गोलबजारको निर्वाचनमा भरत अग्रवाल र जिवछ साहको प्यानल भिड्ने भएको छ । आगामी मंसिर २१ गते हुने निर्वाचनको लागि आईतबार मनोनयन दर्ता भएको हो ।संघको १५ सदस्य कार्यसमितिको लागि दुई प्यानल सहित ३३ जनाल मनोनय दर्ता गराएका छन् । अग्रबाल र साहको प्यानल नै दर्ता गराएको भएपनि एक सचिव र दुई सदस्यका लागि छुट्टै मनोनयन भएको छ । 
 
भरत अग्रवाल अध्यक्ष रहेको प्यानलबाट महेश साह (कोकवा) प्रथम उपाध्यक्ष, महेश यादव व्दितिय उपाध्याक्ष, विजय कुमार साह कोषाध्यक्ष, सोहेव अनवर महासचिव र  सचिवमा अरुण कुमार सिंहको नाम मनोनयन भएको छ । महिला सदस्यमा समृका कुमारि महतो र सदस्यहरुमा क्रमशः विनोद कुमार साह, कविलदेव साह, दीपेन्द्र कुमार राउत, रामश्रृंगार साह तेली, हिरा यादव, अनिल कुमार लामा, दीनेश कुमार यादव, बैजनाथ शर्मा रहेका छन् । त्यसैगरी, जीवछ साह अध्यक्ष रहेको प्यानलबाछ प्रथम उपाध्यक्षमा अशोक कुमार साह, व्दितिय उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, कोषाध्यक्षमा विजय कुमार साह, महासचिवमा राकेश प्रसाद साह, सचिव सुनिल कुमार महतो,  महिला सदस्यमा रेखा कुमारी तामाङ्गको नाम मनोनय भएको छ ।सदस्यहरुमा क्रमशः मदन कुमार साह, सतिश चन्द्र सिंह, रामकुमार साह, राकेश कुमार यादव, वीरेन्द्र सिंह, प्रमोद कुमार साह, समिम मियाँ, उमेश कुमार सिंह रहेका छन् । स्वतन्त्र रुमा रामकुमार सिंह सचिवपदमा उमेदवारी दिएका छन् । विनोद कुमार दहाल र हरिकिशोर साहले सदस्य पदमा मनोन दर्ता गराएको  निर्वाचन अधिकृत सुरेन्द्र कुमार सिंहले जनाकारी दिए ।
 
अग्रवालले मनोनय दर्ता गराउँदै आफू सधै व्यवसायीहरुको करेक प्रकारको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनने पक्षमा रहेको बताए । आजपनि एकजना आन्तरिक राजस्वको कर्मचारी बजार छिर्दा सारा पसलहरु बन्द हुने गरेको छ । कतिपयले बुझेर र कतिपयले नबुझेरपनि यस्तो हुने गरेको अग्रवालले बताए । उनले यो समस्या समाधान गर्नु आफ्नो प्राथमिकतामा रहेको बताए ।  अग्रवालले गोलबजार नगरक्षेत्रका व्यावसायीहरुको खाता हिसाव किताव राखने, दर्ता प्रकृया, प्यान भ्याटजस्ता समस्याको विषयमा व्यवसायीहरुलाई वेला वेलामा प्रशिक्षण तथा अभिमुखिकरणको व्यवस्था गर्न आफ्नो उम्मेदवारी भएको बताएको छ । उनले गोलबजार नगरक्षेत्रले भोगीरहेको सार्वजनिक शौचालय, अव्यवस्थित मोटराईकल पार्किक जस्ता समस्यालाई स्थानीय निकायसंगको साझेदारीमा व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । उनले व्यवसायीहरुको हरेक समस्यासँग पहिलादेखि नै आफूले साथ सहयोग दिंदै आएको बताउँदै युवा व्यवसायीहरुलाई व्यवसायमा हुने समस्या सामाधानका विषयमा समय समयमा अभिमुखिकरण गरी मर्यादित व्यवसायको पर्वर्धन गर्ने अग्रवालले जनाए । 
 
 

त्यसैगरी, अर्का अध्यक्ष पदका प्रत्यासी जीवछ साहले व्यवसायीहरुले झैल्दै आएको दोहोरो कर प्रणाली, आयकरको झमेला, व्यापारीले झैल्दै आएको चन्दा आतंक समस्यालाई सहज बनाउने बताए । उनले देश विकासमा व्यवसायीहरुको प्रमुख योगदान रहेको भन्दै व्यवसय मर्यादिन र भयरति नभएसम्म देश विकासपनि हुन नसक्ने भन्दै व्यवसायीहरुका हरेक खालका समस्या समाधानमा आफ्नो सक्रियता रहेन साहले प्रतिबद्धता जनाए ।  साहले आफूले विगत देखि नै व्यवासायीहरुलाई दिएको साथ सहयोग कै कारण आफ्नो प्यानलले उम्मेवारी दिन बाध्य भएको बताए । उनलेभने, ‘मैले विगत देखि नै व्यवसायीहरुलाई दिंदौ आएको साथ सहयोगले आज अध्यक्ष पदको उमेद्वारी दिन बाध्य बनाएको हो ।’ उनलेथपे, ‘म आफै उम्मेवार भएर आएको होइन मलाई सम्पूर्ण व्यवायीहरुको साथ सहयोग छ ।’

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्