लहान : हतियार सहित दुई युबक पक्राउ
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २२ मंसिर । हतियार र लागुऔषध सहित प्रहरीले सिरहाको लहानबाट दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय लहानबाट आज विहान खटिएको प्रहरी टोलीले हतियार र लागुऔषध सहित लहान नगरपालिका ४ बस्ने रंजित यादव र ५ बस्ने रामचन्द्र पासवानलाई पक्राउ गरेको हो । 

गोप्य सुचनाको आधारमा लहान नगरपालिका ४ स्थित रंजित यादवको घरमा खानतलासी गर्दा धानको बोरामा लुकाईछिपाई राखिएको अवस्थामा केएफ ८ एमएम लेखिएको २ थान पेस्तोल, ३०३ राइफलको गोली १ राउण्ड बरामद भएको छ । त्यसैगरी, प्रयोग भइसकेको डाइजेल्याब ८ एम्पुल, फेनार्गन ६ एम्पुल , लुपिजेसिक २ एम्पुल, सिरिन्ज ८ थान, नाइट्रोभेट ५ थान डाइलेक्स डिसी १ बोतल लगायतका लागुऔषध समेत बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्