गोलबजार व्यापार संघमा महासचिव वाहेक अग्रवाल प्यानल सहित विजयी
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २३ मंसिर । सिरहाको गोलबजार व्यापार संघको नयाँ कार्यसमितिको लागि भएको चुनावमा महासचिव बाहेकका पदमा भरत अग्रवालको प्यानल विजयी भएका छन् । आज विहान सम्पन्न मतगणना अनुसार अध्यक्ष पदमा अग्रवालले ९ सय ९८ मत प्राप्त गरेर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी जीबछ साहले ५ सय ७२ मत प्राप्त गरेर हार बेहोरेका छन् । अग्रवालले ४ सय २६ मतले अध्यक्षमा विजय भएको निर्बाचन अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । 
अग्रवाल प्यानलबाट प्रथम उपाध्यक्षमा महेश साह सुडीले ७ सय ७२ मत ल्याई विजयी भएका छन् भने निकटम प्रतिद्धन्दी अशोक साहले ७ सय ६६ मत प्राप्त गरी पराजित भएका छन् । त्यसैगरी द्वितिय उपाध्यक्षमा आनन्द कुमार यादवले ७ सय ९२ मतल्याई विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी रमेश कुमार श्रेष्ठले ७ सय ५६ मत ल्याई पराजित भएका छन् । महासचिवमा जिबछ साह प्यानलबाट राकेश साहले ७ सय ७३ मतका साथ विजयी भएका छन् भने  निकटतम प्रतिद्वन्दी अग्रवाल प्यानलका सोहेव अनवरले ७ सय ६० मत ल्याएर हार बेहोरेका छन् । कोषाध्यक्षमा विजय कुमार साहले ९ सय ९ मत ल्याएर बिजयी भएका छन् भने निकटम प्रतिद्धन्दी बिजय साहले ६ सय ३६ मत ल्याई पराजित भएका छन् । सचिवमा अरुण कुमार सिंहले ८ सय मत ल्याएर विजयी भएका छन् भने निकटतम् प्रतिद्वन्दी सुशिल कुमार महतोले ६ सय ८४ मत ल्याई पराजित भएका छन् । 

 
त्यसैगरी महिला सदस्यमा समृका देवी महतोले ६ सय ७० मत ल्याई जिययी भएका छन् भने रेखा कुमारी तामाङ्गले ५ सय ७३ मत प्राप्त गरी पराजय भएका छन् । सदस्यहरुमा कपिलदेव साहले ८ सय १५, दिपेन्द्र कुमार राउतले ६ सय ३३, रामकृपाल साहले ७ सय ९९, हिरादेवी यादवले ७ सय ४९, अनिल कुमार लामाले ७ सय ९६, दिनेश कुमार नायकले ८ सय ४८ र बैजनाथ शर्माले ८ सय १६ मत ल्याई विजय भएका छन् । 
 
संघमा आवद्ध रहेका १७ सय ७३ मतदाता मध्ये १६ सय ३ मतदाताले मतदान गरेका छन् । जसमा २० मत बदर भएको निर्बाचन अधिकृत सिंहले बताए । संघको १५ सदस्य कार्यसमितिको लागि दुई प्यानल सहित ३३ जना चुनावी मैदानमा रहेका थिए ।


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्