लहानमा सामुदाय प्रहरी गठनपछि उजुरीको चाप बढ्दो
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान ४ माघ । सामुदाय प्रहरी साझेदारी पालिका कमिटी गठन भएपछि लहानमा विभिन्न वडाबाट उजुरीको चाप बढेको छ । ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ नारा दिएर सामुदायिक सुरक्षाको सवालमा कार्य योजना निर्माण कार्यशालामा आज लहानको २४ वटा वडाबाट प्रहरीमा परेको उजुरीवारे सार्वजनिक गरेको छ ।आव २०७५।०७६ मा विभिन्न वडाहरुबाट ईलाका प्रहरी कार्यालय लहानमा परेको उजुरी अनुसार वडा नं. १ मा सार्वजनिक अपराध १ र विवाह सम्बन्धी कसुर १ रहेको छ । वडा नं. ३ मा विवाह सम्बन्धि १ र चोरी २ रहेको छ । वडा ४ मा झुण्डिएर आत्महत्या ज्यान १ र कर्तव्य ज्यान १ मुद्दाको उजुरी परेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए ।
त्यसैगरी वडा ६ मा भवितव्य ज्यान १ रहेको छ । वडा ७ मा चोरी १ जनाले उजुरी दिएको छ । वडा ८ मा झुण्डिएर आत्महत्या ज्यान १ , सवारी ज्यान १ र बैंकिगँ कसुर १ सम्बन्धि प्रहरीमा उजुरी परेको छ । वडा ९ मा चोरी सम्बन्धी १ उजुरी रहेको छ । वडा ११ मा सवारी ज्यान १ रहेको छ भने वडा १२ सवारी ज्यान १ वटा उजुरी परेको छ ।यस्तै लहान वडा नं. १३ मा ज्यान मार्ने उद्योग २ र झुण्डिएर आत्महत्या ज्यान ४ वटा रहेको छ । वडा १४ मा झुण्डिएर १ रहेको छ भने अभद्र व्यवहार गरेको १ वटा उजुरी परेको छ । वडा १५ मा ज्यान मार्ने उद्योग १, कुटपिट अँगभग १ , झुण्डिएर आत्महत्या ज्यान १ र कर्तव्य ज्यान १ रहेको छ । वडा १८ मा जजकउ १ र ज्यान मार्ने उद्योग १ रहेको छ । वडा १९ जजकउ १ र चोरी १ रहेको छ । वडा २० मा चोरीको २ वटा उजुरी परेको छ ।
त्यस्तै वडा २२ मा जर्बजस्ती करणी २ र विष सेवन आत्महत्या ज्यान १ वटा प्रहरीमा उजुरी परेको छ । वडा २३ मा विष सेवन आत्महत्या ज्यान १ रहेको छ भने सबै भन्दा बढी उजुरी परेको वडा नम्बर २४ मा जर्बजस्ती करणी उद्योग १ , कुटपिट अंगभग १ , जजक २ ,भवितव्य ज्यान २ र सवारी दुर्घटना १ सम्बन्धी सामुदाय प्रहरी साझेदारी पालिका कमिटी लहानमार्फत उक्त उजुरी ईलाका प्रहरी कार्यालय लहानमा परेको छ ।यसैबीच महिला तथा बालबालिका सम्बन्धी उजुरीमा लहान नगरपालिकामा घरेलु हिँसाको घटना अधिकतम रहेको छ । जसमा वडा नं. ४ मा ६ महिनाभित्र १२ बटा महिला तथा बालबालिका सम्बन्धी घटनाको उजुरी परेको छ । वडा ८ र १६ मा एउटा पनि उजुरी नपरेको आजको कार्यक्रममा सार्वजनिक भएको छ । समग्र रुपमा लहान नगरपालिकामा ६ महिनाभित्र महिला हिँसा २२ ,घरेलु हिँसा ५०, मानिस खोजतलास २५ गरी ९७ वटा महिला तथा बालबालिका सम्बन्धी घटनाको प्रहरीमा उजुरी परेको छ ।
यसैगरी ठाडो निवेदन उजुरी सम्बन्धी आवश्यक कारवाही ६३, झैझगडा ५१ , शान्ति सुरक्षा ३० र चोरी १ गरी १ सय ४५ वटा उजुरी परेको जनाएको छ । आज भएको सामुदायिक सुरक्षाको सवालमा कार्य योजना निर्माण कार्याशालाको सभाध्यक्षता लहान नगरपालिकाका मेयर मुनी साहले गर्नु भएका थिए भने लहानका २४ वडाध्यक्ष तथा सदस्यहरुको उपस्थियति रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्