धार्मिक पर्यटनको लागि लहान महोत्सवको तयारी
Advertise Here Book Now


नवसंग्राम दैनिक लहान, ९ माघ । सिरहाको लहानमा यही चैत २५ गतेदेखि ‘लहान महोत्सव २०७५’ को आयोजना हुँदैछ । लहान नगरपालिकाका मेयर मुनी साहले मंगलवार महोत्सवको लागि जनअपेक्षा संकलन तथा सल्लाह सुझावको लागि आयोजना गरिएको एक कार्यक्रममा उहाँले धार्मिक पर्यटनलाई विकास गर्न यो महोत्सवको महत्वपूर्ण भूमिका रहने बताउँनुभयो । मेयर साहले स्थानीय साँस्कृतिक र कृषिलाई बिशेष जोड दिँदै समृद्धि लहानमा परिनत हुने कार्यहरुलाई महत्व दिने बताएका छन् । खासगरि शिक्षा ,स्वास्थ, संचार ,खेलकुद, स्थानीय कला, उद्योग ब्यापार र बिज्ञान प्रविधिको प्रदर्शन गरिने मेयर साहले बताएका छन् ।
महोत्सव चैत्र २५ देखि बैशाख १० गतेसम्म चल्ने जानकारी दिँदै मेयर साहले मुलुकको औद्योगिक उत्पादनहरूको बजार पहिचान, सम्भाव्य लगानी क्षेत्र, कृषि र खनिजजन्य वस्तुको औद्योगिकीकरण, वातारणीय, फोहरलाई मोहरमा परिनत गर्ने, जलस्रोत र पर्यटन क्षेत्रमा सम्भाव्य लगानी, औद्योगिकीकरणका लागि नयाँ प्रविधिबारे जानकारी गराई समग्र विकासमा महोत्सवको माध्यमबाट टेवा पुग्ने विश्वास मेयर साहले बताएका छन् ।
हाम्रो लहान, समृद्ध लहान पर्यटन सहितको सुन्दर नगर निर्माण भने मूल नाराका साथ लहान महोत्सबमा भारतका सीमावर्ती क्षेत्रका दर्शकहरूसमेत गरी करिब ५ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवको उद्घाटनका दिन हरेक समुदायले आफ्नो भेषभूषा र संस्कृति झल्काउने झाँकी प्रदर्शन गर्नेछन् । महोत्सवको उद्घाटन र समापन समारोहको दिनसमेत गरी १५ दिन सङ्गीत साँझ, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जन कार्यक्रम र उदघाटनको समयमा प्रस्तुत गरिने विभिन्न स्थानीय झाँक्री महोत्सवको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ ।

महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न लहान नगरपालिकाका मेयर मुनीका संयोजकत्वमा ६ सदस्य मूल समिति समेत गठन गरिएको छ । यो सँगै उपसमिति गठन प्रक्रिया अघि बढाइएको लहानका मेयर मुनी साहले बताएका छन् । उद्घाटनका दिन महोत्सवमा प्रवेश निःशुल्क गरेको छ भने अन्य दिनमा टिकट प्रक्रियाबाट प्रवेश गर्न पाइने छ । महोत्सवको लागि ३० विघा जग्गाको आवश्यकता रहेको छ भने यसको लागि पशुपति आदर्श माविका पछाडि रहेको टाउन प्लानिँगको जग्गामा सँचालन गरिने छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्