राष्ट्रबादीको केन्द्रिय सदस्यमा साह मनोनित
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १७ माघ । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादीे) ले युवा नेता राम नारायण साह (सुनिल) लाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ । यसअघि युवा बिभागका केन्द्रिय उपाध्यक्षका जिम्मेबारी बहन गरिसकेका साहलाई पार्टीको बिधान अनुसार केन्द्रिय सदस्यमा मनोनित गरेको हो । पार्टीलाई व्यापक तथा मजबुत बनाउने उदेश्यले साहलाई केन्द्रिय सदस्यमा मनोनित गरिएको पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरेको छ । नव नियुक्त केन्द्रिय सदस्यको दायित्व पत्र बुझदै साहले आफुलाई संगठनले दिएको जिम्मेवारी ईमन्दारीपुर्वक निर्वाह गर्न आफु कुनै किसिमको त्याग र कुर्वानीको लागि तयार रहेको बताए । सिरहाको मिर्चैया स्थित शान्ति युवा कल्वका अध्यक्ष समेत रहेका साह करीब १५ बर्षदेखि निरन्तर रुपमा राजनितिमा सक्रिय रहेका छन् ।

51126488_490960628098975_3657810933452898304_n

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्