सिरहा : कल्याणपुर दुर्गा मन्दिरको शिलान्यास
Advertise Here Book Now

सिरहा, १६ माघ । सिरहाको कल्याणपुरमा एक कार्यक्रमबिच दुर्गा मन्दिरको शिलान्यास गरिएको छ । कल्याणपुर नगरपालिका ११ मा अवस्थित दुर्गा मन्दिरको पुरानो भवनलाई भत्काएर पुनः निर्माणका शिलान्यास गरिएको हो । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १ करोड बढीको लागतमा मन्दिरको नयाँ भवन निर्माण हुन लागेको हो । मन्दिर निर्माणका लागि मन्त्रालयबाट १ करोड ५ लाख रुपैयाँ छुट्याइएको छ भने नगरपालिकाले १० लाख रुपैयाँ छुट्याएको छ । सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादव र प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले मन्दिरको संयुक्त रुपमा बुधवार शिलान्यास गरेका हुन् । भवन एकवर्ष भित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको छ। 
50834253_558661221307836_6813985359068659712_n
शिल्यान्यास समारोहलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथिका रुपमा समेत रहेका सांसद राजकिशोर यादवले आधुनिकतासँगै युवा पुस्तामा लोप हुँदै गएको पौराणिक तथा धार्मिक मान्यता र संस्कृतिलाई जोगाउन आग्रह गरे । उनले संस्कार बिना सुन्दर समाज निर्माणको परिकल्पणा असम्भव भएको बताए ।
उनले मिर्चैया–सिरहा जोड्ने सडकको पुनःनिर्माणको काम चाँडै थालिने समेत बताए । 
 
प्रदेश राज्यमन्त्री सुरेश मण्डलले कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारलाई काम गर्न सबै निकायबाट असहयोग भएको दुखेसो पोखेका छन् । उनले संघीय सरकार, प्रहरी प्रशासन, कर्मचारी सबै तिरबाट मात्र असहयोग नै भएको सुनाए । तैपनि काम गर्न खोजे संघीय सरकारले प्रदेश २ सरकारलाई असफल बनाउन विभिन्न हथकण्डा अपनाउँदै आएको आरोप लगाए । उनले केन्द्र तथा अन्य प्रदेशमा काम गर्न नसकेका कर्मचारीलाई मात्र केन्द्र सरकारले प्रदेश २ मा पठाउने गरेको भन्दै काम गर्न असहज भएको थपे ।
51149336_558661301307828_6427729960772829184_n

कल्याणपुर नगरपालिका वडा नं। ११ का वडाध्यक्ष राजेश्वर यादवको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथिका रुपमा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नं। ४ का प्रतिनिधिसभा सांसद एवं पूर्व सूचना तथा संचारमन्त्री राजकिशोर यादव सहभागी थिए भने विशिष्ट अतिथिका रुपमा प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल सहभागी थिए । त्यसैगरी, अतिथिका रुपमा कल्याणपुर नगरपालिकाका नगरप्रमुख सूर्यनाथ मण्डल, सप्तरीका प्रदेश सांसद बिक्की यादव, बिष्णुपुर गाउँपालिकाका प्रमुख जागेश्वर यादव विभिन्न वडाका वडाध्यक्ष लगायतका  स्थानीयबासी, नागरिकसमाज लगायतको उल्लेख्य सहभागिता थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्