मिर्चैयामा स्कुल बस र टेम्पो ठोक्किदाँ दाईको मृत्यु, भाई घाइते
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०१ फाल्गुन । सिरहाको मिर्चैयामा स्कुल बस र टेम्पु एकआपसमा ठोक्किदाँ दाईको मृत्यु भएको छ भने भाई घाईते भएको छ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत मिर्चैया नगरपालिका ५ स्थित आज विहान टाईम्स स्कुल मिर्चैयाको बस र टेम्पु एक आपसमा ठोक्किदाँ मिर्चैया नगरपालिका २ बस्ने २७ बर्षीय विरेन्द्र साहको मृत्यु भएको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गएको ना.४ ख ४९०४ नम्बरको स्कुल बस र बिपरित दिशाबाट आउँदै गरेको ना.३ स ३४२० नम्बरको टेम्पु एकआपसमा ठोक्किदाँ टेम्पुमा सबार साहको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक सुकदेव खनालले जानकारी दिए ।  दुर्घटनामा परी घाईते भएका सोही स्थानका २५ बर्षीय मुकुनदेब साहको स्थानिय स्थानिय स्तरमा उपचार भईरहेको प्रहरी नायब उपरिक्षक खनालले बताए ।
52448026_542824726210365_4937161466206748672_n%2B%25281%2529
ठक्कर दिई फरार रहेको बसलाई खोजीतलाश गरी तत्कालै नियन्त्रणमा लिएको उनले बताए । बस र टेम्पो चालक सहित प्रहरीको नियन्त्रणमा रहेका छन् । शवको पोष्टमार्टमका लागि रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान पठाईएको छ । घटनाको सम्वन्धमा अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।  

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्