सखुवानन्कारकटीमा आयोजित १० दिने झण्डा महोत्सव सम्पन्न
Advertise Here Book Now

फिरोज शेख लहान २०७५ फागुन १ । ‘कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटी हाम्रो पहिचान’भने मूल नाराका साथ सखुवानन्कारकटीलाई आर्थिक ,सामाजिक र सांस्कृतिक रुपमा आत्मनिर्भर बनाउनको लागि सखुानन्कारकटी गाँउपालिकाको महेश्वारीमा पहिलो पटक आयोजित १० दिने झण्डा महोत्सव सम्पन्न भएको छ। नेकपाका केन्द्रिीय सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको हात बाट उद्घाटन गरिएको १० दिने झण्डा महोत्सवको समापन सिरहा क्षेत्र नम्बर १ को (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य अशोक कुमार यादवको प्रमुख आतिथ्य तथा मैथिली कला,संस्कृति क्षेत्रमा विशेष योगदान पुर्याउदै आइरहनु भएका लेखक, गायक तथा कान्तिपुर एफएम बाट प्रशारित मैथिली कार्यक्रम " हेलौ मिथिला "कार्यक्रमका प्रस्तोता धिरेन्द्र प्रेमर्षी र रुपा झाको विशिष्ट आतिथ्यमा सम्पन्न भएको छ।
Image may contain: one or more people and people on stage
सखुवानन्कारकट्टी गाउपालिकाको आयोजनामा आयोजित झण्डा महोत्सवमा राष्ट्रियता झल्किने आकर्षण राष्ट्रिय झण्डा, व्यपार तथा व्यवसाय,परम्परागत भेषभूषा झल्किने संस्कृति कार्यक्रम,विधार्थीहरुद्वारा विज्ञान प्रदर्शनी,कृषि उपजहरुको प्रदर्शनी,स्वास्थ्य शिविर तथा चेतनामूलक कार्यक्रमहरुको आयोजना गरिएको थियो। परम्परागत भेषभूषा तथा संस्कृति जगेर्ना , कृषिलाई आधुनिकीकरण गर्न प्रोत्साहन, हस्तकला तथा घरेलु उत्पादनहरुको प्रदर्शनी र आन्तरिक तथा वाहर्य पर्यटन प्रवद्र्धनको लागि माघ २० गते देखि २९ गते सम्म महोत्सवको आयोजना गरिएको झण्डा महोत्सव मूल समितिका संयोजक तथा गाउपलिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए। अध्यक्ष केदारनाथ यादवको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथिको आसन बाट बोल्दै प्रदेश सभा सदस्य यादवले भन्नु भयो " उमेरमा कान्छो देखिए पनि वुद्धि र विकासात्मक क्षमता भएको गाउपालिकाका अध्यक्ष यादवले जनभावना अनुरुप काम गर्दै ‘कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटी हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सखुवानन्कारकटीलाई आर्थिक ,सामाजिक र सांस्कृतिक रुपमा आत्मनिर्भर बनाउन पहिलो पटक आयोजना गरिएको झण्डा महोत्सवले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आयआर्जनका लागि स्थानीय कृषि तथा वस्तुहरुको पहिचान सहित बजार प्रबर्धन गर्न सघाएको छ ,स्थानीय घरेलु तथा हस्तकला सम्बन्धी उद्योगहरुको बिस्तार गर्दै
स्थानीय उत्पादन,कृषि,पशुसेवा,विभिन्न बहुमुल्य जडिबुटी,घरेलु उद्योग , कृषिजन्य वस्तुको प्रचार-प्रसार र बजारीकरणको प्रवर्धन , स्थानीय उद्यमी, व्यवसायी तथा उपभोक्तालाई एक ठाउँमा ल्याएर व्यवसाय प्रवर्धनमा योगदान पुर्याएका छन्।
Image may contain: one or more people, people on stage and people dancing
विभिन्न जातजातिको भेष भुषा झल्किने पहिरन तथा प्रदर्शनी,विधार्थीहरुद्वारा विज्ञान प्रदर्शनी, कृषिजन्य वस्तुहरुको प्रदर्शनी, हस्तकला प्रदर्शनी, निःशुल्क स्वास्थ्य उपचार, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको मनोरञ्जनात्कम कार्यक्रम, स्थानीय कला संस्कृति झल्काउने झाँकी प्रदर्शनी संगै विभिन्न कलात्मक नृत्य प्रर्दशन गरि सखुवानन्कारकट्टी गाउपालिका लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा सभा अध्यक्ष केदार यादव लाई धन्यवाद दिदै यस महोत्सव लाई प्रतेक वर्ष निरन्तरता दिन आग्रह समेत गरे।
यसै बीच समापन सभाका केन्द्रबिन्दु रहनु भएका धिरेन्द्र प्रेमर्षी र रुपा झाले झण्डा महोत्सव सफलता पुर्वक भव्यताका साथ सम्पन्न गराउन सफल हुनु भएका नेपालकै कान्छो अध्यक्ष केदारनाथ यादव लाई बधाई तथा शुभकामना दिदै मिथिला तथा मैथिलीको मौलिकता तथा समस्याहरु संग जुडेगा चेतना मुलक गित संगीत प्रस्तुत गर्दै सम -सामयिक मधेशका मुद्दाहरु माथि आफ्नो धारणा राख्नु भएको थियो।
Image may contain: 1 person, standing and text
यसै बीच झण्डा महोत्सव मूल समितिका संयोजक तथा गाउपलिका अध्यक्ष केदारनाथ यादवले १० दिने झण्डा महोत्सवलाई आर्थिक ,सामाजिक र सांस्कृतिक रुपमा आत्मनिर्भर बनाउन सहयोग गरेका कृषि, शिक्षा,विज्ञान,स्वास्थ्य ,संस्कृति तथा संचारक्षेत्रमा आवध सम्पूर्ण लाई धन्यवाद ज्ञापन गर्दै विभिन्न विधामा उत्कृष्ट हुनु भएकाहरुलाई पुरस्कार र मायाको चिनो सहित सम्मान गर्नु भएको थियो।
Image may contain: 8 people, including हृदय नारायण यादव and Firoj Shekh, people smiling, people standing
समापन समारोहमा स्थानीय गायक सावन कुमार, तेजु मैथिल, सरोज सन्त, निलम राज, दिलिप मगर संगै वीर युवा क्लवका कलाकारहरुले आ - आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको उद्घोषण निर्मल कुमार साह र राजु गुप्ताले गरेका थिए।
Image may contain: 2 people
Image may contain: 2 people

Image may contain: 2 people, people smiling, people standing, beard and text
Image may contain: 3 people, including Firoj Shekh, people standing, people on stage and text
Image may contain: 4 people, people standing and text
Image may contain: 6 people, people standing and text
Image may contain: 5 people, people standing, beard and text

Image may contain: 4 people, people on stage and people standing
Image may contain: 3 people, people standing and text
Image may contain: 2 people, text
Image may contain: 5 people, people smiling, people standing, suit and text
Image may contain: 2 people, people sitting and text
Image may contain: 4 people, people smiling, text
Image may contain: 3 people, people smiling, people sitting and text
Image may contain: 5 people, text

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्