शिक्षामा आधुनिकता बक्ताहरु
Advertise Here Book Now

राजन सिंह फाल्गुन ११ गते २८ औं वर्ष पुरा गरि १९ वर्षमा प्रवेश गरेको न्बबिहथ उच्च मा.वि.ले १८ औं शुभकामना समारोह सम्पन्न गरेको छ । विद्यालयका प्रिन्सिपल अमरेन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका शिक्षा युवा खेलकुद शाखाका अधिकृत अन्जु पाण्डे प्रमुख अतिथि रहेका थिए । विद्यालयले आउंदो शैक्षिक सत्रदेखि विज्ञान , वाणिज्य , र कमप्युटर विषयको उच्च माध्यमिक कक्षा संचालन गर्ने जनाईएको छ । कार्यक्रममा सहभागीहरुले विद्यालयले शिक्षा क्षेत्रमा दिएको योगदानको प्रशंसा गरेका छन । अब आउंने दिनमा विद्यालयले आधुनिक माध्यमको प्रयोग गरि शिक्षा दिनुपर्नेमा सहभागीहरुको जोड थियो । जनकपुर क्षेत्रको शिक्षाको स्तर खस्किदै गएको प्रति चिन्ता व्यतm गर्दै सहभागीहरुले गुणस्तरीय शिक्षा प्रदान गर्न शैक्षिक संस्थाहरु सक्रिय हुनुपर्ने बताएका छन । कार्यक्रममा एमप्यावसनका सचिव महेन्द्र सिंह , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , एमप्यावसन धनुषा अध्यक्ष सुजित मिश्र , ललन सिंह , सुबोध मिश्र , एनप्यावसन सह सचिव दिपेन्द्र चौधरी , नीजि विद्यालय शिक्षक संगठन अध्यक्ष ब्रजकिशोर यादव , समाजसेवी कैलाश गुप्ता सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्