लोकतन्त्रवादीहरु एक हुनुको विकल्प छैन पुर्व मेयर साह
Advertise Here Book Now

किशोर कुमार मंडल माघ २० बिपी विचार राष्ट्रिय समाजका केन्द्रिय सदस्य एवम नेपाली कांग्रेसका नेता बजरंग प्रसाद साहले आगामी समय चुनौतीपुर्ण भएकोले पत्रकारहरुको भुमिका महत्वपुर्ण भएको बताएका छन । उनले वर्तमान सरकार लोकतन्त्रलाई समाप्त पार्नतर्फ उन्मुख भएकोले लोकतन्त्रवादीहरु एक हुनुको विकल्प नरहेको बताए । बिपी विचार राष्ट्रिय समाज जिल्ला कार्यसमिति धनुषाले आइतबार आयोजना गरेको । नेपाल प्रेस युनियन धनुषाका पदाधिकारी एवं सदस्यहरुलाई सम्मान कार्यक्रम एवं वर्तमान परिवेशमा लोकतन्त्रवादीहरुको एकता विषयक ‘विचार गोष्ठी’ लाई सम्बोधन गर्दै जनकपुरधाम नगरपालिकाका पुर्व नगर प्रमुख समेत रहेका साहले लोकतन्त्र रहे मात्र प्रेस स्वतन्त्रता रहने भएकोले लोकतन्त्र जोगाउन पत्रकारहरुले कलम चलाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिए । कार्यक्रममा नेपाल प्रेस युनियन धनुषाका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको छ । समाजले नेपाल प्रेस युनियन धनुषाका नवनिर्वाचित अध्यक्ष राजन कुमार सिंह, उपाध्यक्षद्धय अकुल साह र विनिता ठाकुर, सहसचिव मिनु झा, सदस्यहरु राहुल 

received_2476147795791259सिंह, अभय शर्मा, चन्दन ठाकुर, अम्बिका मण्डल, किशोर मण्डल, चन्दन ठाकुरलाई सम्मान गरेको छ भने पत्रकार महासंघका केन्द्रीय सदस्य शैलेन्द्र झा, पत्रकार महासंघ प्रदेश नंवर २ का कोषाध्यक्ष प्रविण साह युनियनका केन्द्रिय पार्षद अजय झालाई पनि सम्मानित गरिएको छ । समाज धनुषाका सभापति सुरेश कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय सदस्य चुन्नीशरण यादव , जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष परमेश्वर साह लगायतको उपस्थिति रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्