बौधीदेवी मन्दिर संरक्षणतर्फ वडाध्यक्ष सिंह
Advertise Here Book Now


राजन कुमार सिंह जनकपुरधाम १९ माघ धनुषाको हंसपुर नगरपालिका वडा नं. ३ स्थित पौराणिक बौधीदेवी मन्दिर संरक्षणतर्फ वडाध्यक्ष उदय कुमार सिंहले अग्रसरता देखाएको छ । वडाध्यक्ष सिंहले मन्दिरसम्म पुग्ने सडक मर्मत संभारका साथै मन्दिर सौन्दर्यकरणका लागि अग्रसरता देखाएका हुन । अतिक्रमणको चपेटामा परेको सो मन्दिरसम्म पुग्ने सडक मार्ग सिंहले सुचारु गराएपछि स्थानीयहरु समेत खुसी भएका छन । सिंहले वडाका विकासका लागि कुनै पनि किसिमको अवरोध स्वीकार्य नहुने बताउंदै अवरोध चिर्दै अगाडि बढने प्रतिवद्धता जनाएका छन । लामो समयदेखि स्थानीय जनप्रतिनीधि नहुंदा सो वडाका विभिन्न सडकहरु अतिक्रमणको चपेटामा पर्दै आएको थियो भने ऐतिहासिक तथा धार्मिक महत्व बोकेका सम्पदाहरु समेत अस्तित्व गुमाउदै थियो । वडाध्यक्ष सिंहको प्रयासले भएको परिवर्तनलाई स्थानीयहरुले उपलब्धिको रुपमा लिएको स्थानीय अरबिन्द सिंहले बताएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्