चैत्र १३ गते नेपाली कांग्रेसको बलाबाखरमा बिशाल आमसभा
Advertise Here Book Now


राजन कुमार सिंह चैत ११ नेपाली कांग्रेस धनुषाले आउंदो चैत्र १३ गते शहिदनगर नगरपालिका वडा नं. १ बलाबाखरमा बिशाल आमसभाको आयोजना गर्ने भएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी हुने आम सभाको तयारी तिव्र रुपमा भईरहेको नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरीले बताएका छन । आमसभामा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्य रामकृष्ण यादव , महेन्द्र यादव , आनन्द ढुंगाना लगायतका नेताहरु सहभागी हुनेछन । आमसभामा २० हजारभन्दा बढिको सहभागिता रहने नेपाली कांग्रेस धनुषा सचिव विशेश्वर यादवले जानकारी दिएका छन । कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको र सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले विरोधमा आम सभा हुने अध्यक्ष गिरीले बताएका छन । सोही दिन शहिदनगर वडा नं. १ बलाबाखर स्थित शहिद रामसेबक यादव (खलिफा) को शालिक अनावरण समेत गरिने जनाईएको छ । यादवको माओवादी जनयुद्ध कालमा २०५८ साल चैत १६ गते होली पर्वको दिन राती गोली दागी हत्या गरिएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्