मन्त्री लालबाबुले सिरहामा गरे चार शिलान्यास, लहानमा कन्या विद्यालय
Advertise Here Book Now

शिलान्यास कार्यक्रममा मन्त्री पण्डितले गरिबी हटाउन समृद्धिको लिक कोर्न लागेको बताउँदै तराइ–मधेश समृद्धि कार्यक्रमको डिजाइनर म आफै हुँ । यस कार्यक्रम अन्तर्गत पञ्चवर्षिय योजना अन्तर्गत २८ अर्व ५० करोड विनियोजन गरिएको छ । यस अन्तरगत दलित गरिबलाई पक्कीको घरसम्म पहुँच हुने निश्चित रहेको बताउँनुभयो । उता, आजै मन्त्री पन्डितले दोस्रो गोलबजार मेयर गोल्डकप २०७५ को उद्घाटन गर्नुभयो । उद्घाटनसँगै गोलबजारमा विभिन्न साँस्कृतिक झाकी पनि प्रदर्शन गरिएको थियो । उता,गोलबजार नगरपालिका ३ सरस्वती उच्च मा.बि.देखि नजिकै ४ सय मिटर मन्त्री लालबाबु पण्डितले आजै नमुना दलित बस्तीको सिल्यानास समेत गर्नुभयो । कार्यक्रममा संघीय सांसद लिलानाथ श्रेष्ठले पाँच वर्षमा सिरहामा सिंचाइ सडक शिक्षा स्वास्थ्य र कृषि क्षेत्रको अधिकांश समस्या यहि सरकारले समाधान गरेर समृद्धिको सपना सकार गर्ने बताउँनुभयो ।
