सिर्सियामा एक दिने आँखा शिविर सम्पन्न
Advertise Here Book Now

किशोर कुमार मंडल चैत १५ धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ६ सिर्सियामा एक दिने आँखा शिविर सम्पन्न भएको छ । माँ लक्ष्मी युवा कमिटिको आयोजनामा भएको सो शिविरमा २ सय २५ जनाको आँखा परिक्षण गरिएको छ । आँखा परिक्षण गरिएकाहरु मध्ये ६५ जनामा मोतिया बिन्दु रहेको भेटिएको छ । मोतियाबिन्दु भएकाहरुको जनकपुर स्थित जानकी आँखा अस्पतलापमा शल्यक्रिया गरिने आयोजकले जनाएको छ । माँ लक्ष्मी युवा कमिटिका अध्यक्ष रामभरोस यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा मिथिला बिहारी नगरपालिका नगर प्रमुख अनिल कुमार यादव प्रमुख अतिथि रहेको थियो । कार्यक्रममा क्लबका उपाध्यक्ष प्रदिप यादव , सचिव सुर्यदेव यादव , सह सचिव रामकुमार यादव , कोषाध्यक्ष अन्जु यादव , अनिता देवी साह , रामप्रकाश यादव , प्रमोद मंडल , सुरेश मंडल , श्याम मंडल , महादेव यादव , बिनोद मंडल , प्रदिप साह , जिवछ यादव , ललित झा , उमेश साह सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्