एसईई : प्रदेश २ मा चैत २१ गतेसम्मका सम्पूर्ण परीक्षा स्थगित
Advertise Here Book Now

काठमाडौं, चैत्र १५ गते । लगातार प्रश्नपत्र बाहिरिएपछि शिक्षामन्त्रालयले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का बाँकी परीक्षा स्थगित गरेको छ । बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश २ मा २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

बिहीबार रद्द भएर २२ गतेका लागि तय भएको विज्ञान विषयको परीक्षा भने हुनेछ । मन्त्री गिरिराजमणि पोखरेलले भने, ‘२२ गतेदेखि जोडेर बाँकी परीक्षा गर्ने प्रयासमा छौं । व्यवस्थापकीय पक्षमा छलफल गरेर परीक्षा तालिका प्रकाशित गर्छौं ।’

मन्त्री पोखरेलका अनुसार यसअघि सञ्चालन भइसकेको परीक्षा भने रद्द हुने छैन । मन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्नुलाई आपराधिक घटना भएको र संलग्नलाई कारबाही गरिछाड्ने बताए ।

प्रश्नपत्र बाहिरिएको सम्बन्धमा राष्ट्रिय परिक्षा बोर्डले छानबिन समिति गठन गरेर छानबिन थालेको छ भने केन्द्रीय अनुसन्धान ब्यूरोले पनि छानबिन थालेको छ । प्रदेश दुईमा २६२ परीक्षा केन्द्र मा ७० हजार ५ सय ६२ परीक्षार्थी सहभागी छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्