ओली नेतृत्वको वर्तमान सरकार महिलाहरुलाई सुरक्षा दिन असफल ः नेता नीधि
Advertise Here Book Now

राजन कुमार सिंह फाल्गुन , २४ नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले केपी ओली नेतृत्वको वर्तमान सरकार महिलाहरुलाई सुरक्षा दिन नसकेको बताएका छन । देशभर महिलाहरुमाथि बलात्कार , हत्या , हिंसा सहितका अत्याचार बढेपनि सरकार चुप लागेर बस्नुले अपराधीलाई पश्रय दिएको प्रष्ट भएको बताएका छन । लैगिंक समानताका लागि समान सोंच र दुव्र्यवहार ः समृद्धिको आधार नाराका साथ १०९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुक्रवार नेपाल महिला संघ धनुषाले जनकपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता नीधिले प्रदेश नं.२ सरकार बेढी पढाउ , बेटी बचाउ नारामै सिमित रहेको र केन्द्र र प्रदेश दुबै सरकारको व्यवहार समान रहेको बताए । मधेशको नाउंमा जनतालाई भ्रमित पारी मत लिएका मधेशवादी दलहरु मधेशी जनतालाई ठग्ने काम मात्र गरेको उनले बताए । उनले प्रदेश नं. २ को नाम मिथिला भाजपुरा राख्नुपर्नेमा जोड दिए । नेपाल महिला संघ धनुषाका अध्यक्ष तुल्सा आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगाना , रामकृष्ण यादव , महेन्द्र यादव , प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , प्रदेश सभासद शिवचन्द्र चौधरी , सरस्वती चौधरी , नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरी , उपसभापति संतोष यादव , सचिव विशेश्वर यादव , युवा नेता प्रफुल्ल राज घिमिरे , क्षेत्रिय सभापति कन्हैया कर्ण , नगर सभापति मनोज साह , पुर्व क्षेत्रिय सभापति धिरेन्द्रमोहन झा , पुर्व जिल्ला सचिव राजकिशोर सिंह सहितका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा हजारौंको संख्यामा महिलाहरुको सहभागिता रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्