चालु आर्थिक वर्षमा सिरहामा सडक दुर्घटनामा पाँच दर्जनले ज्यान गुमाए
Advertise Here Book Now

आर्थिक बर्ष २०७२/०७३ मा २ सय ५५ बटा सबारी साधन दुर्घटना हुँदा ५७ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा परी ४ सय ७५ जना घाइते भएका थिए । त्यसैगरी २०७३/०७४ मा सबारी दुर्घटामा ७८ जनाको मृत्यु भएको थियो भने ५ सय ८१ जना घाइते भएका थिए । गत आर्थिक बर्ष २०७४/०७५ मा २ सय ३९ सबारीसाधन दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी ३ सय ८४ जना घाइते भएका थिए ।
राजमार्गमा यात्रारत बिहारी साहले भने, “ बाटो साधुरो छ, फराकिलो हुनु पर्छ, साधुरो बाटोमा दुर्घटना हुने डर हुन्छ, दिन प्रतिदिन गाडी थपिदैछ तर बाटोे जस्तको त्यस्तै छ ।” स्थानिय मधुराम सिंहले भने, चालकले नियम पालना गर्दैन, सबारीसाधनको चाप छ, बाटो सागुरो छ, यसको लागि सरकारलाई चासो देखाउनु पर्छ । अर्का चालक राजकुमार मंडल भन्छन, “सडक चार लेनको बनाउनु पर्छ, मोटरसाइकल चालकले ओभरटेक गर्दा दुर्घटना बढी हुन्छ त्यसलाई कन्ट्रोल गनुपर्छ ।”
सवारी दुर्घटना बढ्दै जान थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले ट्राफिक नियम उल्लंघन नियन्त्रण गर्न चेकजाँच तथा छड्के जाँचमा कडाई गरेका छन् । सवारी दुर्घटना न्यूनीकरण तथा नियन्त्रणका लागि सडकमा विभिन्न किसिमका चेकजाँचदेखि विद्यालय कलेजसम्म ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिरहेको प्रहरी निरीक्षक बस्नेतले बताए ।
पशुचौपाया सडकै ढाक्ने गरी हिँड्न थालेपछि दुर्घटनामा वृद्धि भएको समेत उनले थपे । दुर्घटना न्यूनीकरण र सचेतनाका लागि ट्राफिक प्रहरी कार्यालयले राजमार्गमा संकेत चिह्न राख्नेदेखि चालकलाई स्वास्थ्य परीक्षण समेत गर्दै आएको छ ।