लग्मामा सोमनाथ महादेव मन्दिरको समुदघाटन
Advertise Here Book Now

राजन सिंह फागुन २० । महाशिवरात्रीको अवसरमा धनुषाको नगराईन नगरपालिका-६ स्थित लग्मामा सोमवार सोमनाथ महादेव मन्दिरको समुदघाटन सम्पन्न भएको छ । मन्दिरको समुदघाटन गर्दे नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र नीधिले रुद्राभिषेक समेत गरेका छन । समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले देवहरुको देव महादेवको मन्दिर स्थापनाले यस क्षेत्रका स्थानीयहरुलाई पुजापाठका लागि बाहिर जानुपर्ने बाध्यताको अनत्य भएको बताएका छन । महादेव नेपालीहरुको ज्वाई रहेको बताउंदै उनले नेपाल देवहरुले रुचाउने स्थल रहेको बताएका छन । पार्वती हिमालयको छोरी रहेको र हिमालय नेपालमा नै रहेकोले पार्वती नेपालको छोरी रहेको उनले बताए । धार्मिक कार्यहरुले मानिसमा भएको नाकारात्मक पक्षलाई समाप्त गरि सकारात्मक सोचको विकास हुने भएकोले धार्मिक कार्यमा आफुलाई समेत निकै नै रुची रहेको उनले बताएका छन । स्थानीय धनबीर मंडलको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा प्रदेश सभासद शिवचन्द्र चौधरी , क्षेत्र नं. ३ का क्षेत्रीय सभापति कन्हैयालाल कर्ण , पुर्व क्षेत्रिय सभापति धिरेन्द्रमोहन झा , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , तरुण दल धनुषा अध्यक्ष संजयलाल कर्ण , पुर्व प्रमुख जिल्ला अधिकारी जिवछ मिश्र , श्याम निधी सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्