मिर्चैया : चुहावट रोक्न विपन्नलाई निःशुल्क मिटर
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २३ फाल्गुन । नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अति गरीब तथा विपन्न उपभोक्तालाई निःशुल्क मिटर वितरण थालेको छ । नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयको निर्देशन बमोजिम विपन्न वर्गका घर परिवार र सांस्कृतिक महत्वका सम्पदाका लागि निःशूल्क मिटर वितरण गर्ने काम आज (विहिबार) बाट सुरु गरिएको नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख दिगम्बर यादबले बताए । निःशूल्क मिटर वितरण योजना अन्तर्गत पहिलो चरणमा मिर्चैया नगरपालिका बडा नं. २ मा २५ गरीब घरपरिबारलाई बिद्युत मिटर प्रदान गरिएको उनले बताए । 
53591680_175127280133871_2413532210284986368_o
विद्युत चुहावट रोक्न सरकारले निःशूल्क मिटर वितरण योजना अघि सारेको बमोजिम विपन्न वर्गलाई यस्तो मिटर निःशूल्क वितरण गरिएको प्रमुख यादबको भनाई छ । गरिब वर्गहरूले अहिले पनि मिटर जडान नगरी हुकिङबाट बिजुली बाल्दा बिद्युत चुहावट नियन्त्रणमा समस्या भईरहेको अबस्थालाई मध्यनजर गरी आबश्यक भएको घरपरिबारलाई अध्ययन गरी अगामी दिनमा पनि निःशुल्क मिटर बितरण गर्ने लक्ष्य रहेको उनले बताए । 
53857786_175127126800553_4470762115606511616_o

फ्यूज सेवाको समुद्घाटन 

मिर्चैया नगरपालिका बडा नं. २ मा एक कार्यक्रमबिच फ्यूज सेवाको आजै समुदघाटन गरिएको छ । नेपाल बिद्युत प्राधिकरण क्षेत्रिय कार्यालय जनकपुरका प्रमुख ओमप्रकाश महतोले सेवा केन्द्रको उद्घाटन गरेका हुन् । टाढाका उपभोक्तालाई समान्य समस्याका लागि मिर्चैया धाउनुपर्ने बाध्यताबाट मुक्त गर्ने उदेश्यले सेवा विस्तार गरिएको प्रमुख महतोले बताए । फ्यूज सेवा मार्फत तत्कालै बिद्युतको समान्य मर्मत, फ्यूज लगाउने र ग्राहकलाई भैपरी आउने समस्या समाधान गर्ने नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख दिगम्बर याबदले बताए ।
53246842_2138223579604998_9134348402874646528_n
विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख दिगम्बर याबदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल बिद्युत प्राधिकरण क्षेत्रिय कार्यालय जनकपुरका प्रमुख ओमप्रकाश महतो, विशिष्ट अतिथिका रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादब, अतिथिका रुपमा बडा नं. १ का बडा अध्यक्ष धनिकलाल यादब र बडा नं. २ का बडा अध्यक्ष लक्ष्मेश्वर कापर लगायत स्थानियबासीहरुको उल्लेनिय उपस्थित रहेको थियो ।
53491109_175126840133915_4055756554123608064_o
 
53970475_175126560133943_1644007137518551040_n

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्