लालिगुराँसले पांचौ वार्षिकोत्सव मनाए , पत्रकार सिंह र कलाकार यादव सम्मानित
Advertise Here Book Now

किशोर कुमार मंडल बैशाख ५ धनुषाको लक्ष्मीनिया गाउंपालिका वडा नं. २ सिनुरजोडास्थित लालिगुराँस ई.बो.स्कुलले भव्यताका साथ आफनो पांचौ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश नं. २ का सभासद रामअशिष यादवले शिक्षित समाज बनाउनतर्फ सबै मिली लाग्नुपर्नेमा जोड दिएका छन । उनले शिक्षाको विकास नभएसम्म समाज र देशको विकास सम्भव नभएकोले गुणस्तरीय शिक्षा प्रदान गर्नतर्फ विद्यालयको ध्यानाकर्षण गराए । यादवले आजको बालबालिका भोलिका कर्णधार भएकाले बालबालिकाहरुलाई विद्यालय पठाउन आग्रह गरे । कार्यक्रममा साहित्यकार अशोक दत्तले छोरा र छोरीमा कुनै किसिमको भेदभाव नगरी छोरा सरह छोरीलाई विद्यालय पठाउनु पर्नेमा जोड दिए । छोरीलाई दाईजो नभई शिक्षा दिन उनले सबैलाई आग्रह गरे । वार्षिकोत्सवको अवसरमा नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष पत्रकार राजन कुमार सिंह र हास्यकलाकार रीना यादवलाई दोसल्ला र सम्मान पत्र प्रदान गरेर सम्मानित गरिएको छ । यस अघि क्रमशः पत्रकार हदिस खुद्यार, हास्यकलाकार रामनारायन ठाकुर , पत्रकार गायत्री मिश्रा, हास्य कलाकार वि.एन. पटेललाई सम्मानित गरिएको थियो । कार्यक्रममा चर्चित कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । विद्यालयका संस्थापक राजिव कुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ पत्रकार रामभरत साह , पत्रकार अर्जुन मंडल , ओमप्रकाश साह , किशोर मंडल , अम्बिका मंडल लगायतको उपस्थिति रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्