पत्रकार सिंह र कलाकार यादव सम्मानित हुने
Advertise Here Book Now

बैशाख ४ गते धनुषाको लक्ष्मीनिया गाउंपालिका वडा नं. २ सिनुरजोडास्थित लालिगुराँस ई.बो.स्कुलले आफनो वार्षिकोत्सवको अवसरमा नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष पत्रकार राजन कुमार सिंह र हास्यकलाकार रीना यादवलाई सम्मानित गर्ने भएको छ । विद्यालयले आफनो पाचौं वार्षिकोत्सव अवसरमा सिंह र यादवलाई सम्मानित गर्ने भएको छ । विद्यालयले प्रत्येक वर्ष आफनो वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रका एक जना र कलाकार एक जनालाई सम्मानित गर्ने गरेको हो । सरसफाई अभियन्ता प्रदेश सभासद रामअशिष यादवको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा अशोक दत्त, नवल किशोर यादव लगायतको उपस्थिति रहने विद्यालयले जनाएको छ । यस अघि क्रमशः पत्रकार हदिस खुद्यार, हास्यकलाकार रामनारायन ठाकुर , पत्रकार गायत्री मिश्रा, हास्य कलाकार वि.एन. पटेललाई सम्मानित गरिएको थियो । बिहीवार हुने सो कार्यक्रममा चर्चित कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्