जानलेवा गुटखामा व्यापक राजस्व छली, सरोकारवाला मौन
Advertise Here Book Now

भारतबाट यस्ता गुटखा भन्सार छली गरेर नेपाल भित्रियाउँने गरेको छ । नेपालमा पनि यस्ता गुटका चोरीलुकी व्यापक बनाउँने गरेको छ । गुटखा कारोबारीहरुले २० देखि २५ प्रतिशत गुटकामा राजस्वको स्टीकर लगाउँने गरेको छ भने अधिकतम गुटखामा स्टीकर नलगाउँने गरेको लहान उद्योग वाणिज्य सँघमा आज व्यापारीहरु छलफलमा यस्तो कारोबारको खुलासा भएको छ । राजस्व छली हुन नदिन तथा नक्कली कमसल गुटखा विक्री वितरण नगर्न लहान उद्योग वाणिज्य सँघका अध्यक्ष अशोकलाल अमात्य केही व्यापारीलाई सचेत गराएका छन् । राजस्व छली, अखाद्य, म्याद नाघेको, नक्कली मालसमान खरिद विक्री नगर्न यसको लागि लहान नगरपालिकाले सचेतनामुलक कार्यक्रम ल्याउँन व्यापारी रमेश मुरारकाले बताए । बजारमा ९० प्रतिशत पेय पदार्थ म्याद नाघेको बिक्री वितरण भइरहेको व्यापारीहरुको छलफलमा सो खुलासा भएको छ । नेपालमा पेय पदार्थको अवधी तीन महिना मात्रै तोकिएकोले व्यापारी र उपभोक्ताले त्यसप्रति खासै ध्यान नदिइ खाने गरेको छ ।