मिर्चैयामा टिपर आतंक विरुद्ध सडक अवरुद्ध
Advertise Here Book Now

सिद्धिचरण राजमार्ग अन्तरगत मिर्चैया कटारी सडकखण्डमा ओभर लोड गरेर चल्ने टिपरले बाटोमा धुलो उडाएर वातावरण प्रदुशन गरेको स्थानीयहरुको आरोप छ । सैयौको संख्यामा दिनहुँ टिपर चलेपनि सडकमा नियमिति रुपमा पानी समेत नहाल्दा यहाँको जनताको स्वास्थ्य नै खतरामा परेकोले बाध्य भएर सडक अवरुद्ध गरेको स्थानीय संजिब यादबले बताए ।
टिपर आतंक रोकेर सडकमा पानी हाल्ने काम नगरे कडा आन्दोलन गर्ने समेत उनले चेतावनी दिए । ईलाका प्रहरी कार्यालय मिर्चैयाले सिमेन्ट फैक्ट्रीसंग समन्वय गरी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि अवरुद्ध सडक सुचारु भएको छ ।
मारुती, सौर्य र कसमस सिमेन्ट उद्योगका लागि चुन ढुङ्गा बोक्ने दैनिक करीब १ हजारको हाराहारीमा टिपर यस सडकखण्डमा संचालनमा रहेका छन् ।