मन्त्री सुरेश मन्डल मधेसी युवाको आईकन बन्दै
Advertise Here Book Now

रोयाण्टर मण्डल सिरहा । मन्त्री जनताको नाममा आएको रकम खाएको क्यौ समाचारहरु तपाईहरु पढनु भएको होला तर २ नम्बर प्रदेशका राज्य मन्त्रीले आफनो तलबबाट आएको रकमले डोम समुदायकी छोरीलाई बिहेमा खर्चगरी छोरी सरह विदाई गरेको सुन्दा तपाईलाई हिन्दी फिल्मको कहानी जस्तो लागेको होला तर होईन यर्थात हो ।
प्रदेश २ का उद्योग पर्यटन, वन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डलले डोम समुदायका एक छोरीको विवाहको सम्पूर्ण खर्च दिएको मात्रै होईन बिहेमा सहभागी भएर छोरी सरह विदाई गरेको छ । मन्त्री मण्डल सिरहाको कल्याणपुर नगरपालिका ३ प्रसाही गाउँका कुशे मल्लिक डोमकी छोरी राधा मल्लिकको मंगलबार विवाह गराए पछि अर्शिबाद दिएर बिदाई गर्नुभएको छ ।
कुशे डोमको घरपरिवारको आर्थिक अवस्था एकदमै कमजोर रहेकोले छोरीको बिहेको लागि बेचैन हुने गरेको खबर पाएपछि मन्त्री मण्डलले उनको घरमै पुगि विहेका सम्पूर्ण खर्च तिर्ने बचन दिएपछि । कुशे खुशि हुदै आफन्तको सहयोगमा छोरीको लागि बेहुला खोजपछि तय भयो मिति । तय भएपछि मन्त्री मण्डलले तय भएकै मिति भन्दा पहिले देखि छोरी बिहेमा लागने सम्पूर्ण समान देखि रिति रिबाजमा समेत समय दिनुभयो । दिनमा मात्रै होईन बिहे भएको रातीमा छोरी सरह मानेर सहभागी हुदै अर्शिवाद दिएर बिहान बिदाई गर्नुभयो ।
मण्डलले त्यति मात्रै होई जनतालाई दुख परेको बेला आफनै तलबबाट सहयोग गर्ने गरेका छन् । केही दिन पहिले बारामा हुरीबतासले ताण्डब मचाएपछि दुखित भएका जनताहरुलाई आफनो एक महिनाको तलबको रकम राहतमा दिनुभयो ।
उहाँले आफनो जन्म दिनमा भोज भतेर गर्नुको साट्टो विरुवा रोपेर बनाउने गरेका छन् । यस्ता कार्यहरुले वहाँलाई अहिले जन नेताको रुपमा उपाधी जनताहरुले दिन थालेका छन् । आफनो निर्वाचन क्षेत्रमा प्रत्येक महिना आएर जनताको घर घरमा गएर कुराकानी गर्दै जनताको दुखेसो सहयोग गर्दै आउनुभएकोमा उहाँ चर्चाहरु गाउँ गाउँ हुन थालेको छ । जातीय भेदभाव अन्त करु नारा सहित राजापा नेपाल वडा समितिको आयोजना मंगलवार धुमधामका साथ बिबाह सम्पन्न भयो ।

गाउँ घरमा अहिले पनि डोम समुदाययसँग छुवाछूत कायमै रहेको छ । यस्तो कार्य राम्रो होईन मानव भएर छुवाछुत गर्नु पर्दैन राम्रो काम पनि होईन तर पनि कतिले छुवाछुत गरि रहेको छ । यस्ता कार्य हटाउनका लागि मेरो प्रयास हरदम रहने र जनता दुखमा आफुले सक्दो सहयोग गर्न पाउँदा आफु खुशी हुने गरेको मन्त्री मण्डलले बताउनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्