हनुमानजीको साढे एघार बिग्हा जग्गा भुमाफियाहरुले हडपे
Advertise Here Book Now

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ स्थित मनोकामना सिद्ध हनुमान मन्दिरको साढे एघार बिग्हा जग्गा अतिक्रमण भएको छ । विभिन्न व्यतिmहरुले मन्दिरलाई दान गरेका जग्गा किर्ते कागज बनाई अतिक्रमण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सीयाराम साहले बताएका छन । मन्दिर व्यवस्थापन एवम मन्दिरको आयको लागि दाताहरुले प्रदान गरेको उतm जग्गा अतिक्रमण भएपछि मन्दिर संचालन व्यवस्थापनमा समस्या उत्पन्न भएको पत्रकार सम्मेलनमा जनाईएको छ । मन्दिरका जग्गाहरु भुमि सुधार कार्यालयले किर्ते कागजको आधारमा मोही कायम गरि व्यतिmको नाम गएको पाईन्छ । कतिपय जग्गाहरु नापी शाखा धनुषाको फिल्डबुकको जोताहा महलमा कैफियतहरुमा व्यतिmहरुको नाम समावेश गरिएको छ र सो सोको आधारमा श्रेस्ता कायम भएको छ । बिगतम मन्दिर छुट गुठीबाट संचालन हुंदै आएको हो । सोको संचालन तत्कालीन अंचलाधिश कार्यालय जलेश्वरको २०४४ साल चैत २२ गते च.नं. ९२ को पत्रानुसार संचालन हुंदै आएको थियो । ठुलो रकमको चलखेल गरि भगवानको भोग रागको लागि दिएको जग्गा व्यतिmको नाउंमा गएपछि मन्दिर व्यवस्थापनमा ठुलो समस्या उत्पन्न भएको हो । जग्गाधनी श्रेस्तामा हनुमानजी हुंदा हुंदै किर्ते मोहीको आधारमा भुमाफियाहरुले जग्गाहरु हडपेका छन । हनुमानजीको हडपेका जग्गाहरुलाई खोजबिन गर्न , अतिक्रमणबाट जोगाउन र सत्य तथ्य छानबिन गर्न समेत मांग गरिएको छ ।