लाखौको भन्सार छलीको मोबाइल बरामद, रिहा गर्न राज्यमन्त्रीको दवाव
Advertise Here Book Now

यसैक्रममा गोलबजारको चोहर्वा वस्ने प्रविन परियारले साढे तीन लाखको मोबाइल भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीका डिआईजी प्रविन श्रेष्ठको टोलीले धनगढीमाईको सोनापुर नजिकबाट आज बरामद गरिएको छ । परियारले राजु इन्टरप्राइजेजको पान नम्बर ३०१७३३४९० मा मूल्य नतोकिएको ८५ थान मोवाईलको बील बनाएर नक्कली कारोबारमा मोवाईल लैजादै गरिएको सरोकारवाला निकायको दावी छ ।
बरामद गरिएको मालसमान र परियारलाई रिहा गर्न साँसद र प्रदेश २ का एक राज्यमन्त्रीको दवाव आइरहेको प्रहरी स्रोतको दावी छ । केही समयता सिरहाको दक्षिण सिमावर्ती क्षेत्रमा भारतबाट कपडा, इलेक्ट्रोनिक, किराना मालसमान भन्सार छली गरी नेपाल भित्रिने गरेको छ भने नेपालबाट तेस्रो मुलुका मरिच, स्याउ, सुपारी, मदिरा चोरीलुकी सिमावर्ती प्रहरीको मिलोमतोमा निकासी भइरहेको छ । लहानका केही ठूला व्यापारी यत्तिबेला सप्तरीको सिमाक्षेत्रबाट अवैद्य मालसमान भारत निकासी गरिरहेको खुलासा भएको छ ।
