वर्तमान सरकार लोकतन्त्र र संघीयता विरोधी उपसभापति नीधि
Advertise Here Book Now

बैशाख ७ गते नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन् । उनले ओली सरकारले लोकतन्त्र र संघीयता समाप्त पार्न खोजेको आरोप लगाउंदै जनताको हितमा सरकार केही गर्न नसकेको आरोप लगाए । धनुषाको नगराईन नगरपालिका वडा नं. ५ गंगुलीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता नीधिले ओली सरकार लोकतन्त्र विरोधी , किसान विरोधी , संचार विरोधी , मजदुर विरोधी , अधिनायकवादी , सर्वसत्तावादी र लोकतन्त्रको मुल्य मान्यता विरोधी रहेको आरोप लगाए । निधिले संविधान, बिधी, पद्धति र नियम कानुन उलंघन गरेर सरकार अधिनायकवादतर्फ जान खोजेको बताए । उनले सरकारले प्रतिपक्षी दलका नेतालाई भूमिकाविहिन बनाएको भन्दै असन्तुष्टी जनाए । केन्द्र सरकार र प्रदेश सरकार दुबै मधेशी जनताको हितमा केही गर्न नसकेको बताउंदै उनले अबको निर्वाचनमा कांग्रेसलाई बहुमत दिएर अधिकार सुनिश्चित गराउन आग्रह गरे । उनले ओली सरकारले लोकतन्त्र र संघीयता समाप्त पार्न खोजेको आरोप लगाउंदै जनताको हितमा सरकार केही गर्न नसकेको बताए ।
नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ३ का क्षेत्रिय सभापति कन्हैयालाल कर्णको अध्यक्षतामा भएको सो पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरी , प्रतिनीधि सभासदस्य मिनाक्षी झा , प्रदेश नं. २ का सभा सदस्य शिवचन्द्र चौधरी , प्रमिला दास , नेपाली कांग्रेसका नेता गणेश तिवारी , नेपाली कांग्रेस धनुषा उपसभापति संतोष यादव , सचिव विशेश्वर यादव , युवा नेता प्रफुल्लराज घिमिरे , प्रवेश चौधरी , नगराईन नगरपालिकाका नगरप्रमुख परमेश्वर यादव , जनकपुरधाम नगरसभापति मनोज साह , महिला संघकी केन्द्रिय सदस्य निलम कर्ण , तरुण दल अध्यक्ष संजयलाभ कर्ण , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , महिला नेतृ मिनु झा सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा , राजपा , फोरम सहितका पार्टी परित्याग गरि सयौंको संख्यामा नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले अबिर माला लगाएर स्वागत गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्