बर्षमा एक चोटी मात्रै फूल्ने फूल हेर्न ललायित छन् सरकारका प्रवक्ता
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान, ३० चैत्त । बर्षमा एक चोटी फुल्ने फुल हेर्न म ललायित थिए । तर, त्यो सम्भव भएन् समय अभावको कारणले सूचना तथा सँचार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले यो कुरा बताए । सिरहाको लक्ष्मीपुर पतारी ६ सितापुर स्थित चैत्र २९ गते बौकीदेवी मेला महोत्सव उद्घाटन गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले विश्वमै यस्तो फुल फुल्नु अलोकिक मानिन्छ यो फुल्ने दिन आएर अवश्यक हेर्ने छु बताए । पत्रकारहरुले यसलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न आग्रह उहाँले आग्रह समेत गरे । लहान अर्थात सलहेशक्षेत्रमा नयां बर्षसंगै धार्मिक तथा पौराणिक कथावस्तुमा आधारित मन्दिरहरुमा मेला लाग्ने यो पौराणिक परम्परा रहेको छ । जसमा फूलवारी मेला बैशाख १ गते बडौ धुमधामका साथ लाग्ने गरेको छ । लहानको भोटियाटोल चौकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्षमा मात्र फुल्ने उक्त फूल हेर्न देशका अधिकांश जिल्ला र भारतका विहारबाट श्रद्धालुभक्तजनहरु घुईंचो लाग्ने गरेको छ ।
‘सल्हेस’ फूलबारीमा रहेको ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । उक्त रुख फूलबारीको मध्यभागमा रहेको राजा सलहेसका प्रेमिका मालिनीको गहबर (मन्दिर) संगै टाँसिएको छ । माला आकारको सेतो फूलको थुँगा जस्तो देखिने र साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ । वनस्पतिविद्का अनुसार छैटौँ र सातौं शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन । राजा सलहेस को थिए ? कसरी एउटा दुसाध (दलित) जातिका व्यक्ति राजा भए र राजा सहलेसको जीवनगाथासँगै सलहेस फूलबारी र वर्षको एक पटक मात्र फूल्ने फूलका बारेमा पनि एउटा रोचक घटनाको किंवदन्ती यस्तो छ ।
छैटौं र सातौँ शताब्दीदेखि मधेश भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो जुन अहिले सिरहा नगरपालिकामा पर्छ । त्यसबेला त्यहाँका सामन्त भूपाल सोमदेव र मन्दोदरीका कोखबाट वीरबालक जयवद्र्धन (सलहेस) को जन्म भएको थियो । उनी सानै उमेरदेखि सौर्यवान, प्रखर बुद्धिमान् थिए । सलहेसको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यसबेला उत्तरका किरात प्रदेश तिब्बत र भुटानबाट अन्नबाली र पशु लुटेर लान महिसोथामा बारम्बार आक्रमण हुने गथ्र्यो । भोट र किरातको आक्रमण रोक्न सलहेसका बुबा सोमदेव तरेगनागढ हालको लहान बजारभन्दा चार किमी उत्तरतर्फ का राजा हिन्दूपति शम्शेर भण्डारीलाई सघाउन गए । भोट र किरातसँग भएको युद्धमा सोमदेवले सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सहलेस महिसोथाका गढपति बने ।
सहलेस गढपति भए पनि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयको पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो सैन्य सङ्गठनलाई सुसङ्गठित पारेका थिए । पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सहलेस समातिएपछि मालिनी नामकी सुन्दरीले सहयोग गर्दा सहलेस र मालिनीबीच प्रेम भएको भन्ने किंबदन्ती छ । राजा सहलेस दलितमध्ये दुसाध जातिको भएकाले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेसको मन्दिर बनाई देवताका रुपमा पूजाआजा गर्ने परम्परा छ । लहान नगरपालिकादेखि चार किमी पश्चिम दक्षिणमा ११ बिघा क्षेत्रफलमा फैलिएको फूलबारीमा वैशाख १ गते मात्र फूलमाला देखापर्छ र दिन ढल्कँदै जाँदा बिस्तारै ओइलाउँदै जान्छ । अच्चमको उक्त फूल हेर्न भारतबाट समेत मानिस आउने र मेला भर्ने गर्छन् ।
किंबदन्ती अनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतीक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् । मेलाको दिन थुप्रै युवा जोडी आएर ती फूललाई साक्षी मानी प्रेमविवाह गर्छन् । मधेशमा अहिले पनि गाउँ गाउँमा गीत र महराई मार्फत सलहेस गाथा गाउने परम्परा जीवितै छ । यता, सलहेशसंगै जोडिएको पोखरियागढमा बैशाख २ गते मेला लाग्ने गरेको छ भने सोही दिन पतारी पोखरी मेला लाग्ने गरेको छ । पतारीमा ५ विघामा विशाल पोखरी फैलिएको छ ।
पोखरीको दक्षिण पटटी राजा हरि सिंह देवको मंदिर पर्छ । यहाँको विशेषता मेला आउने भक्तजनहरु आए र जसको संतान छैन त्यो संतान प्रापतीको लागि १ गते राति उपसना व्रत बस्छन् । रात भरि बसे र भोली दिसो अर्थात बैशाख २ गते त्यो पोखरी मा नुहाउने गर्छन् । नुहाएर आफनो संतान प्रापति तथा सुख शान्तीको लागि मनोकामना गर्दछ । हरेक वर्ष झै यात्रीहरुको स्वागतका लागि बिभिन किसिमका नाच गान, सर्कस खेल र राती बस्ने अस्थायी घर बनाइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्