सांसद–मन्त्रि बन्न राजनितिमा नआएको ः डा. राउत
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ३० चैत । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सांसद–मन्त्रि बन्न राजनितिमा नआएको बताएका छन् । जनताको सेवा ,समाजिक जिम्मेबारी र समाजमा रहेको फोहोर सफा गर्न राजनितिमा होमिएको दाबी गरेका छन् । सरकारसंग सम्झौता पश्चात पहिलो पटक सिरहाको मिर्चैयामा आज आयोजित विशाल बिजय सभालाई सम्बोधन गर्दै उनले समाजिक जिम्मेबारी र जनताको अधिकारका लागि राजनितिमा आएको बताए । 
56759205_319465778742017_5980678707696631808_n%2B%25281%2529
उनले जनमत पार्टी आएपछि मधेशी जनताको मतलाई भजाएर ठेकापटा गरिरहेका दलका नेताहरुको पसल बन्द हुन लागेको बताएका छन् । सरकारसंग सम्झौता गरे पश्चात केहि तत्वले आफ्नो दुकान बन्द हुने डरले भ्रम फैलाउन थालेको उनले आरोप लगाए । उनले भने, “कसैको पसल, कसैको ठेकेदारी र रोजीरोटी  बन्द हुन लागेको छ, त्यसैले उनीहरु जनतामा भ्रम फैलाउँदै हिडेका छन् ।” 
56764368_2015837558713029_4440226813687365632_n
केहि व्यक्तिले डा. राउतले सरकारसंग सम्झौता गरी पछाडी हटेको अफवाह फैलाउदै हिडेको भन्दै उनले आफु सरकारसंग सम्झौता गरेर पछाडी नभई छलांग मारेको बताए । सरकारसंग १० महिना लामो छलफल गरी सम्झौता गरेको भन्दै उनले समभmौताको ड्राफ्ट तयार गर्न सरकारलाई २ महिना लागेको स्पष्ट गरे । केपी ओलीसंग नभई नेपाल सरकारसंग आफु सम्झौता गरेको भन्दै उनले सम्झौता गरेर विजयी हासिल गरेको दावी गरे । 
57092859_386453072204344_6890002784104480768_n
अहिलेसम्म कुनै पनि मधेशी पार्टीका अध्यक्षले जेलमा बसेन तर आफुचाँही  मधेशीको अधिकारका लागि पटक–पटक प्रहरी हिरासत र जेलमा बसेको सुनाए । जो पार्टी ओलीको बिरोधमा भोट माँगे उक्त पार्टीले अहिलेसंगे हनिमुन मनाईरहेको भन्दै डा. राउतले आक्रोश ब्यक्त गरे । 
57195247_2290974611225486_3973834605617741824_n
विगतमा भएको चुनावमा नो भोट अभियानको क्रममा जनताले चुनाव चिन्हको माँग गरेकोले जनताको अपेक्षा अनुसार पार्टी निर्माण गरिएको उनले जिकिर गरे । उनले मधेसी जनताको अधिकारका लागि आफु ज्यान दिन तयार रहेको बताए । अधिकारका लागि कफन लिएर हिडे्को भन्दै उनले स्वतन्त्र मधेश गठबन्धको लक्ष्य पुरा गर्न अघि बढिरेहेको थपे । सम्बोधनको क्रममा डा. राउतले मधेशबादी दलप्रति आक्रोशित देखिएको थियो । 
 
मधेशमा १० लाख राजगारी सिर्जना गरी बेरोजगारी समस्यालाई समाधान गर्ने समेत उनले दाबी गरे । पार्टीका केन्द्रिय सदस्य राजकुमार त्यागीको अध्यक्षतमा भएको कार्यक्रममा हजारौको संख्यामा नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्