निःशुल्क पशु स्वास्थ्य शिबिर तथा खोप कार्यक्रम सम्पन्न
Advertise Here Book Now

किशोर कुमार मंडल बैशाख ७ गते महोतरीको औरही नगरपालिकामा शनिवार निःशुल्क पशु स्वास्थय शिविर सम्पन्न भएको छ । शिविरमा Nepal veterinary association प्रदेश न . २ र Bajrang veterinary & agricultural research center को आयोजनामा ५०० भन्दा बढी पशुपालक किसानहरु लाभान्वित भएका छन भने ८०० भन्दा बढी पशुहरुमा निःशुलक औषधि तथा खोरेत र PPR विरुद्धको खोपहरु लगाईएको छ । शिबिरमा Nepal Veterinary Association प्रदेश न=२ का अध्यक्ष डा.जय प्रकाश यादव , क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला जनकपुर , Veterinary अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र जनकपुर तथा औरही नगरपालिकाले सहयोग गरेका थिए । शिबिरमा Nepal Veterinary Association प्रदेश न.२ का सदस्य डा.सुमन कुमार सिंहको अगुवाई का साथै Bajrang Veterinary agricultural center का पशु चिकित्सक डा.पवन कुमार झा , डा.दिपेन्द्र पन्डित , डा.रोशन राजन शाह , डा.उदय साहका साथै सौरभ कुमार सिंह,प्रफुल्ल झा,कृष्ण साफीको उपस्थिति रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्