समयमै सडक निर्माण गर्न समितिको आग्रह
Advertise Here Book Now

किशोर कुमार मंडल बैशाख १४ जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ स्थित शिव चोकदेखि कदम चोक जाने सडकको कालोपत्रे गराई दिनुहुन सम्बन्धित निकायलाई आग्रह गरेको छ । समितिले शनिवार एक पत्रकार सम्मेलनको आयोजना गरि सडक विस्तार गर्ने क्रममा समितिको भवन भत्किएको लामो समय बिति सक्दा हालसम्म पनि सडकको निर्माण कार्य पुरा हुन नसकेकोमा गुनासो गरेको छ । समितिका महासचिव हरि नारायण गुप्ताले निर्माण कार्य पुरा नहुंदा विभिन्न समस्या उत्पन्न हुने भएकोले सडक निर्माण गर्नतर्फ सरोकारबला निकायको ध्यानाकर्षण गराए । एडीबी परियोजनाको समय पनि सम्पन्न हुन लागेको कारण समयमै निर्माण कार्य सम्पन्न गराउन आग्रह गरे । जनकपुर उपमहानगरपालिकालाई पटक पटक आग्रह गरेपनि कुनै सुनवाई नभएको समितिको गुनासो छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्