विपद् जोखिम न्यूनिकरणको लागि जनप्रतिनिधिबीच छलफल
Advertise Here Book Now

यस्ता विपद् तथा बाढी पहिरोको जोखिमबाट बाच्नको लागि कल्याणपुर नगरपालिकाले कल्र्भट— सडक मर्मत, सेफ हाउसको तयारी, उद्धार सामाग्री खरिद, उद्धार समूहको तालिम, राहत वितरण, आपत्तकालिन सूचना केन्द्र स्थापना, विपत्त व्यवस्थापन कोष खडा गरिने तयारीमा रहेको फोकल पर्सन ललन कर्ण बताए । विपद् व्यवस्थापनको लागि कल्याणपुर नगरपालिकाले यस बर्ष ५० लाखको योजना बनाएको छ । जसमा बैशाख २० गते सूचना केन्द्र स्थापना हुने भएको छ । कल्याणपुरको चिकना, निर्दना, पर्साही, चतरी, वेलहा चपेना, कैलपुर, पूर्णियाही छर्रापटी, भँगठियाही, जमुआ परासीमा बाढी, कटान, डुबान जस्ता जोखिम रहेको छ । स्थानीयतहले विपद् व्यवस्थापनको लागि बजेट छुट्याएको छ । तर, बजेट सम्बन्धित ठाउँमा प्रयोग भइरहेको छ । छैन ? कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले ‘विपद् व्यवस्थापनको लागि उद्धार सामाग्री खरिद गर्ने काम भइरहेको छ ।’ ‘यो तालिमले पनि धेरै कुराको अवगत गराएको छ ।’‘यसको लागि चेतनामुलक र राहत व्यवस्थापनको काम गरिरहेको छु ।’ ‘शिपमुलक कार्यसमेत अगाडि बढाइएको छ ।’ कल्याणपुरलगायत सिरहाको कमला छेउका सिरहा, बसपिटा, माडर, लक्ष्मीनिया, खिरौना, सुखचैनामा बाढीको जोखिम रहेको छ । यस्तै सनेठा, लगडी गदीयानी, औरही, इटाटार, हरकट्टी, बरियापट्टी, लहानमा खोला छेउका बस्ती अत्ति जोखिम रहेको छ ।