शारदा स्कुलमा निशुल्क स्वास्थ शिविर
Advertise Here Book Now

मनोज बनैता, लाहान, जेष्ठ १७  । सगरमाथा चौधरी आँखा अस्पताल द्वारा लाहान स्थित शारदा नमुना एकेडेमी स्कुलका छात्र छात्राहरुको निशुल्क आँखा र कान को जाँच गरिएको छ । 'आँखा जाँच गरि स्कुल भर्ना' अभियान अन्तर्गत शारदा स्कुलमा बिद्यार्थीहरुको स्वास्थ परिक्षण गरिएको हो ।आँखा अस्पतालका सिनियर अफिसर राजकुमार यादव को नेतृत्वमा ६ सदस्य टोलिले उक्त कार्यक्रम गरेको हो । जाँच शिविरमा माईनर अपरेशन पनि गरिएको जानकारी प्राप्त भएको छ। अफिसर राजकुमार यादव को अनुसार ६० बिद्यार्थीहरुको बाईलेट्रल वाक्स निकालिएको छ । जाँच को बेला ८ जनामा कान को जाली फाटेको समस्या देखिएको छ भने २ जनामा हियरिङ लस देखिएको छ । ६ जना बिद्यार्थीहरुको आखा टेढो पाईएको छ । यादव को अनुसार १५ जनामा दृष्टि दोष देखिएपछि चश्मा निशुल्क रुपमा प्रदान गरिएको छ । यादवको अनुसार कुल ६०० छात्र छात्राको जाँच भएको छ ।
शारदा नमुना को प्रधानाध्यापक हृदय नारायण चौधरी ले भन्नुभयो कि बिद्यार्थी जिवनमा आँखा र कान को समस्याले छात्र छात्रा लाई पढाईमा धेरै समस्या भोग्नु पर्ने भएको ले यो शिविर हाम्रो लागि धेरै महत्वपूर्ण हो । वहाँले आउने दिनहरुमा पनि स्वास्थ सम्बन्धि शिविर लाई प्राथमिकता मा राख्ने प्रतिवद्धता जनाउनु भएको छ । अफिसर राजकुमार यादव नेतृत्वको टोलिमा अभिनास चौधरी, सरोज यादव , बिरेन्द्र साह और श्रीप्रसाद पासमान लगायत रहेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्